काठमाडौं । जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि.काे ३ दिने बुलेट (च्यारीटी राईड) यात्रा सम्पन्न भएको छ ।
चैत्र ९ गते शुक्रबारबाट सुरु भएको जेरो इन्जिनियरिङ मोटरसाइकल प्रा.लि. द्वारा आयोजित ३ दिने च्यारिटी राईड यात्रा ११ गते आइतबार सम्पन्न भएको हो।
काठमाडौ सुकेधाराबाट सुरु भएको साे राईडमा काठमाडौ क्षेत्र नं.५ का माननीय सांसद श्री प्रदिप पौडेल र रोयल इन्फिल्ड का डिरेक्टर मेघराज पौडेलद्वारा उदघाटन गरिएको थियो । उक्त यात्रा चितवन सौराहा सम्मको तय भएको थियो।
काठमाडौ देखि टिस्टुङ, पालुङ, दामन हुदै हेटौंडा काे राेयल ईन्फिल्ड साेरुम भिजिट गरि चितवनको साैराहा हाेटेल सफारी सम्मको जेराे ईन्जिनियरिङ प्रा.लि का संन्चाकल बिक्रम भट्टराईले जानकारी दिएका छन् । दाेस्राे दिन चितवनको राप्ती नगरपालिका-०३ मा रहेको श्री जनज्योति आधारभुत बिधालय का विध्यार्थी भाइबहिनी र विधालय लाई खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरी चितवन मै रहेको राेयल ईन्फिल्ड टाडी काे साेरुम भिजिट गरी साेहि दिन सम्पूर्ण राईडर सहित समावेश गरेर बिभिन्न ४ बटा जेम संन्चालन गरी बेलुकी साेही हाेटेल मा लाईभ म्युजिक, गेममा सामिल प्रथम हुने राईडर लाई पुरस्कार बितरण र मायाकाे चिनाे हस्तान्तरण गरि सम्पूर्ण राईडरलाई शुभकामनाका साथै बिशेश धन्यवाद दिएको जेराेका संन्चालक जिवन थापाले जानकारी दिए ।
उक्त राइडमा जोडिनु भएका सहयोगि हातहरु ALPHA, MICHELLN, Aunima Education Foundation, Pudasaini Stationary and Book Center, रोयल इन्फिल्डका दिपेश श्रेष्ठ,सरोज श्रेष्ठ(बुलेट पासा) हेटौंडा इन्फिल्डर्स, टाडी रोयल इन्फिल्ड सोरुम, Lions Club of Kathmandu Global Youth, सम्पुर्न्न Crew Member , रोड क्याप्टेन र सम्पुर्ण राइडर साथिहरु लाई धन्यवाद दिदै तेस्रो दिन हाेली खेल्दै सम्पूर्ण उपस्थित राईडर लाई हाेलीकाे शुभकामना दिदै, चितवन नारायणगढ, मुग्लिन हुदै जेराेमा आएर समापन भएको कुरा जानकारी गराउदै विशेष सहयोग गर्नुहुने Royal Enfield Nepal लाई विशेष धन्यबाद दिएका छन् ।
आगामी दिनहरुमा पनि सम्पूर्ण उपस्थित राईडर, सहयोगी मनहरुको साथ र सहयोग रहनेनै छ भन्ने बिश्वासका साथै उक्त च्यारीटी राईडमा ६५ बटा बुलेट बाईक समाबेश भएका र राइडरको मुख्य उदेश्य पर्यटन प्रवर्द्धन र भाइचारा सम्बन्धका लागि गरिएको राइडर प्रवक्ता प्रकाश देव गिरिले बताएका छन् ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र