बिदेश : रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको दु?खद घटना सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् ।
शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले लेखेको छ ।आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।
बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो ।हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।
कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक रहेको उक्त कन्सर्ट हलमा ६ हजार २०० मानिस अटाउन सक्छन् ।बीबीसीका अनुसार एक प्रत्यक्षदर्शी भिटालीले भने, ‘मैले आँखै अगाडि आतंकवादीहरूले मानिसहरूलाई गोली हानेको देखें। उनीहरुले पेट्रोल बम प्रहार गरेपछि जताततै आगो लाग्न थाल्यो । बाहिरिने ढोकामा पुग्दा त्यो बन्द थियो । त्यसपछि हामी बेसमेन्टमा गयौं ।’



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा