८ महिनामा आगलागीबाट चार करोड ४६ लाखको क्षति



धनगढीः सुदूरपश्चिममा ८ महिनामा आगलागीबाट चार करोड ४६ लाख ७४ हजार ४५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा आगलागीबाट धनमाल जलेर नष्ट भएको विवरण प्राप्त भएको छ। प्रदेशका नौवटै जिल्लामा आगलागीका घटना यस वर्ष पनि दोहोरिएको छ। भौतिक र आर्थिकसँगै आगलागीबाट मानवीय क्षति समेत भएको छ। सो अवधिसम्म अगलागीबाट तीन महिला र तीन पुरुष गरि ६ जनाको मृत्यु भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र ९पीइओसी० धनगढीको विवरणमा उल्लेख छ।

साथै आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन्। यसका साथै यस प्रकारको घटनाबाट एक सय ५६ परिवार प्रभावित बन्न पुगेका छन्। आगलागीबाट १३ घरमा आंशिक र १६ घरमा पूर्ण क्षति पुगेको समेत पीइओसीले संकलन गरेको विवरणमा उल्लेख छ। सो अवधिमा ३१ वटा गोठमा आगलागी भएर ४० पशु चौपायामा क्षति पुगेको छ।

साउनदेखि फागुन मसान्तसम्म घटेका आगलागीका घटनाबाट चार करोड ४६ लाख ७४ हजार ४५० मुल्य बराबरको धनमाल जलेर नष्ट भएको केन्द्रको अनुमान छ। प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी आगलागीबाटै हुने गरेको पाइएको छ। विशेष गरी आगलागीका घटना विद्युतको तार सर्ट भएर, ग्यास लिक भएर, एक स्थानमा बालेको आगो अर्का स्थानमा सल्केर, विद्युतीय उपकरण पट्केर, अज्ञात व्यक्तिले गरेको बदमासीले र चुरोट तथा विडीका ठुटा जथाभावी फाल्ने लगायत कारणबाट हुने गरेको देखिएको छ। पछिल्लो समय विद्युतको तार सर्ट भएर बढी घटना हुने गरेको देखिएको छ।
दिनेश खबरबाट साभार

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.