काठमाडौं : यतिबेला देेशकाे संघीय राजनीतिक फेरबदल भइरहे अवस्थामा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाही कर्णाली प्रदेशमा ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ मा व्यस्त छन् ।
नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि निस्किएका शाही सल्यान रुकुम हुँदै अहिले डोल्पा पुगेका छन् ।नेता शाहीले गएको चैत २ गतेदेखी सल्यान कपुरकोटबाट ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ सुरु गरेका थिए । उनको लक्ष्य सल्यान कपुरकोटबाट हुम्ला सिमिकोटसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा पुग्ने रहेको छ ।

सोही क्रममा आफुले त्यहाँका कार्यकर्ता र स्थानीयबासीन्दाहरुसँग छलफल तथा अन्तरक्र्रिया गर्दै उनीहरुका गुनासो सुन्ने काम गरिरहेको नेता शाहीले बताएका छन् ।नेता शाहीले भने, ‘पछिल्लो समय कार्यकर्ता र आमनागरिकमा निराशा बढिरहेको अवस्थामा ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ का क्रममा हुने अन्तरक्रिया र छलफलले पार्टीलाई थप उर्जाशील र गतिशील बनाउन र कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थपिने बताए ।शाही चाैधाै महाधिवेशनमा कर्णाली प्रदेशकाे प्रदेश सभापतिकाे उम्मेदवार समेत रहनु भएको थियोे ।
कर्णाली प्रदेशका आम क्रियाशील प्रतिनिधिहरुले आफुलाइ सन्ताेस जनक भाेट दिएको र आफु सभापतिमा प्रराजित भए पनि कर्णाली प्रदेशका दश वटै जिल्लालाई सभापति उम्मेदवार र पाटिकाे नेता हुदा सबै जिल्लाकाे पाटि संगठनकाे उति नै चिन्ता लाग्ने बताएका छन् । याे अभियान पहिलाे न भएर याे भन्दा पहिले पनि दश वटै जिल्लामा संगठनकाे लागि समय समयमा हिडिरहेकाे शाहीको भनाई छ ।
कर्णाली प्रदेशको कांग्रेसको मात्र नेता न भएर कर्णाली प्रदेशमा आइ पर्ने आपतकालीन समस्या बाढि पहिरो भुकम्प ,आगजनी जस्ता समस्याहरु कर्णाली प्रदेशमा आइप्रदा आफु पार्टी भन्दा माथि रहेर एउटा सामाजिक व्यक्तिका रुपमा पार्टी नभनि सहयोग सेवा गर्दै आइरहेको शाहीले बताएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै