बाजुरा: बाजुरामा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।जिल्ला अस्पताल बाजुराबाट शुक्रबार एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको जानकारी अनुसार जगन्नाथ गाउँपालिका– ३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको बताइएको छ ।बुढाको जिल्लामा नै अप्रेशन गरेर बच्चा जन्माएको भएपनि अप्रेशनपछि बच्चा र आमालाई खतरा बढेकाले रिफर गरिएको हो । सुत्केरी महिला र बच्चा नै जोखिममा भएकाले थप उपचारका लागि अस्पतालबाट रिपर गरेर सुर्खेत पठाइएको छ ।
जिल्ला अस्पताल बाजुराले सुत्केरी महिला र बच्चाको अवस्था जटिल भएको पत्रचार जिल्ला प्रशासन कार्यालयलाई गरेको थियो । पत्र प्राप्त लगत्तै महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर हेलिकप्टरमा पठाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो । तीन महिनामा बुढा सहित दुई जना सुत्केरी र एक जना गर्भवती महिलाको उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट दुर्गमका महिलाहरुलाई अकालमा सुत्केरी हुन नसकेर ज्यान जोगाउन थालिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम जिल्लामा प्रभावकारी हुदै गएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै