बाजुरा : यस बर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा बाजुराबाट २ हजार ९ सय ३४ बिद्यार्थी सहभागि हुँदैछन् । २०८० चैत्र १५ गतेबाट संचालन हुने माध्यामिक शिक्षा परिक्षा (एसईई) मा बाजुराबाट सो संख्यामा बिद्यार्थी सहभागि हुने भएका हुन ।
बाजुराबाट माध्यामिक शिक्षा परिक्षा एसईई मा नियमित तर्फ छात्रा १ हजार ५ सय ३५ र छात्र १ हजार ३ सय ९९ जना बिद्यार्थीहरु परिक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ । कार्यालय श्रातले दिएको जानजकारी अनुसार यता ग्रेडवृद्धी तर्फ भने छात्र ५२ र छात्रा ४८ गरी एक सय जना परिक्षामा सहभागि हुने भका छन् ।
गत आर्थिक बर्षको तुलना भन्दा यस आर्थिक बर्षमा बाजुराबाट माध्यामिक शिक्षा परिक्षा एसईईमा सहभागि हुने बिद्यार्थी संख्या कम रहेको शिक्षा विकास तथा समन्वय ईकाई बाजुराका शिक्षा प्राविधिक गोपाल पाण्डेले बताएका छन् । गत आर्थिक बर्षको एसईई परिक्षामा ३२ सय बिद्यार्थी सहभागि रहेका थिए भने यस बर्ष २९ सय ३४ जना विद्यार्थी परिक्षामा सामेल हुने उनको भनाई छ।
बाजुरामा १५ वटा परिक्षा केन्द्र रहेका छन् । तिमध्य शैलेश्वरी मावी फैति परिक्षा केन्द्रमा तिन वटा विद्यालयका विद्यार्थी सहभागि हुने भएका छन् । विच्छा मावी,भवानी मावी र बागेश्वरी मावी रुगिन गरी ६५ जना परिक्षार्थी परिक्षा दिने भएका हुन । त्यसै गरी स्वामिकार्तिक मावी वाई परिक्षा केन्द्रमा जनप्रकाश मावी कोल्टी,सम्भुशुनन्दा मावी जुकोट,कैलाश मावी जुकोट , भैरवनाथ मावी जुकोट र जनता मावीका परिक्षार्थी गरी तिन सय ७३ जना परिक्षामा सहभागि हने भएका छन् ।
सम्भुसुनन्दा मावी जुकोट परिक्षा केन्द्रमा कुलादेवी मावी बर्कु , सम्भुसुनन्दा मावी जूकु,स्वामिकार्तिक मावी वाई र राघुमाता मावी सप्पाटा गरी दुई सय २० जना परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ । त्यस्तै यता कैलाश मावी महती परिक्षा केन्द्रमा सरस्वती मावी जगन्नाथ ,देवलकोट मावी गोत्री र बैदिक सनातन संकृत गरी १ सय १७ जना परिक्षार्थी रहेका छन् । जनप्रकाश मावी परिक्षा केन्द्र रहेको विद्यालयमा सत्यमावी पाण्डुशैन,नन्देश्वरी मावी कोटिला,सुजन बोडिङ स्कुल कोल्टी,बादु मावी भातेकौषडी र देवडाँडा मावी कुरु गरी दुई सय ७४ जना परिक्षार्थी रहने भएका छन् ।
मालिका मावी परिक्षा केन्द्र रहेको विद्यालयमा सात वटा विद्यालयका विद्यार्थी परिक्षा दिने भएका हुुन । जसमध्य जाल्पादेवी मावी खेतिपातल , नेरा मावी जडागा , बडीमालिका ईग्लिस बोडिङ स्कुल मार्तडी,ज्ञानोदय मावी रजातोली , लक्ष्मी मावी जिल्ली , सत्यवादी मावी भौनेरा र चोयाकोट मावी रजाली गरी एक सय ९३ जना परिक्षामा सहभागि हुने भएका छन् ।
किर्तिचौर मावी परिक्षा केन्द्र रहेको विद्यालयमा ५ वटा विद्यालयका विद्यार्थी गरी एक सय तिन जना परिक्षा दिने छन् भने मष्टेश्वरी मावी डोगडी परिक्षा केन्द्रमा ८ वटा विद्यालयका दुई सय २४ जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन् । त्रिशत्री मावी बाह्रविस परिक्षा केन्द्रमा ४ वटा विद्यालयका विद्यार्थी गरी एक सय ७६ जना परिक्षा दिने छन् भने यता भानोदय मावी नौविस परिक्षा केन्द्रमा तिन वटा विद्यालयका एक सय ५ जना परिक्षार्थी सहभागि हुने जनाएको छ ।
त्यसैगरी पशुपती मावी परिक्षा केन्द्र ताप्रामा तिन वटा विद्यालयका एक सय ४२ जना र रत्न मावी सेलिफाल परिक्षा केन्द्रमा ५ वटा विद्यालयका दुई सय १२ जना विद्यार्थी परिक्षामा सहभागि हुने छन् ।तोलीदेवलडाँडा मावी परिक्षा केन्द्रमा ६ विद्यायलयका दुई सय ८४,सत्यवादी मावी परिक्षा केन्द्रमा चार विद्यालयका तिन सय ७४ परिक्षार्थी र भवानी मावी बोल्ढिक परिक्षा केन्द्रमा तिन वटा विद्यालयका ६९ जना विद्यार्थी परिक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ।
यस बर्षको माध्यामिक शिक्षा परिक्षा एसईईका लागी केन्द्राअध्यक्ष छनोट गरिसकेको बताइएको छ। यसमा सम्पुर्ण तैयारी पुरा भैसकेको र केन्द्राअध्यक्षहरुलाई आईतबार अभिमुखीकरण सहित परिक्षा साम्रागी हस्तान्तण गरिने भएको छ।
सम्वन्धित समाचार
गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्यो जनप्रदर्शन र विशेष सभा, कहिले कहाँ ?
आठ महिनामा १३ खर्बको वैदेशिक व्यापार– ९ खर्ब ८७ अर्ब घाटा
विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला सम्पन्न
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै प्रचण्ड उत्साही
आजदेखि एसईई परीक्षा सुरू ५ लाख बढी विद्यार्थी सहभागी
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसदबाटै मागे माफी