मिन बहादुर खड्का काठमाडौं :आर्थिक अभावकै कारण उपचार हुन नसकेका कैलालीका २१ वर्षीय कृष्ण धामी घरमै थला परेका छन् ।उनको उपचारका लागि सहयोग रकम संकलन भएको छ । कृष्ण धामी बचाउ अभियानबाट झन्डै १ लाख ३० हजार रकम संकलन गरि कृष्ण धामीको परिवारलाई हस्तान्तरण गरिएको युवा विद्यार्थी सहयोग संकलन अभियानको नेतृत्व गरिरहेका गणेश बुढाले जानकारी दिएका छन् ।
नगद ९० हजार उनको परिवारलाई हस्तान्तरण गरेको र बाँकी ३० हजार खातामा जम्मा गरिदिएको बुढाले बताएका छन् ।युवा विद्यार्थी गणेश बुढाको नेतृत्वमा बुढा लगायतका युवाहरुले सहयोग संकलन अभियान सुरु गरेका थिए । एक सातामै झण्डै एक लाख ३९ हजार बढी रकम संकलन भएको बुढाको भनाई छ । फेरी पनि सहयोग संकलन अभियान जारी रहेको उनले बताएका छन् । उनको उपचारमा राहत पुगोस् भन्ने उदेश्यले नै आफुहरुले कृष्ण धामी बचाउ अभियान सञ्चालन गरेर रकम संकलन गरिरहेको बुढाको भनाई छ ।
बुढाले भने “हामी निरन्तर लागि रहेका छौँ, हाम्रो सहयोगले कसैको ज्यान बाँच्छ भन्ने यो त हाम्रो दायित्व हो, एक सातामै हामीले अपेक्षा गरे भन्दा बढी रकम संकलन गर्न सफल भएका छौँ, फेरी पनि सहयोग संकलन अभियान जारी छ” मानव सेवा नै धर्म हो भन्ने उदेश्य सहित सहयोग अभियान संकलनमा खटिएको बुढा सहितको टिमलाई कृष्णका बुवा लाल बहादुर धामीले धन्यवाद दिएका छन् । यो सहयोगले छोराको उपचारमा सहयोग पुग्ने भन्दै उनले सबैलाई सहयोगका लागि अपिल समेत गरेका छन् । कृष्ण बिरामीले थला परेको खबर पछि समाज सेवामा सक्रिय गणेश बुढा सहितको टिमले कृष्ण धामी बचाउ अभियान सञ्चालन गरेको थियो ।
पारिवारिक आर्थिक अवस्थाले उपचार गर्न नसकेपछि उनी घरमै थला परेका हुन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ गुदुखाती पुर्खौली घर भैइ हाल गोदावरी न.पा ०४ कैलाली भ्यागुत्तेपानी बस्दै आएका कृष्ण धामी बिगत पाँच बर्ष देखि मृत्यु संग लडिरहेका छ्न । उनी अहिले जीवन र मरणको दोसाँधमा छन् । कृष्ण बिरामी परेको दिन देखि उनको परिवारमा छाएको निराशाले अहिलेसम्म पनि निरन्तरता पाएकै छ । बुवा आमाको एउटा मात्रै सन्तान कृष्ण मृत्यु संग लडिरहेका छन् । उनको घरमा अहिले रुवावासी छ । उनकी आमाले मेरो एउटा मात्रै छोरा बचाईदिनुस भन्दै हारगुहार गरिरहेकी छन् । कृष्णका बुवा लाल बहादुर धामीले दिएको जानकारी अनुसार, कृष्ण बेला बेला बेहोस हुने, आत्तिने गरेका छन् ।
उनलाई उपचारका लागि भारत सम्म पनि लगिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएको उनले बताएका छन् । गत वर्ष मात्रै उनले छोरालाई उपचारका लागि काठमाडौंको वीर अस्पतालमा ल्याए । अहिले पनि कृष्णले बिर अस्पतालको औसधि सेवन गरिरहेका छन् । तर उनलाई निको भने भएको छैन। रोग थप बल्झिदै गएको उनका बुवा लाल बहादुर धामीको भनाई छ । ” उपचार गर्दा गर्दै घरमा भएको चल अचल सम्पत्ती सकिएको उनका बुवा लाल बहादुर धामीले बताएका छन् । “छोरीको पनि उपचार हुन नसकी मृत्यु भयो, एउटा मात्रै छोरा हो, कसरी बचाउने, पैसा जति उपचार गर्दा गर्दै सकियो, घर खर्च धान्नै मुस्किल छ, अहिले पैसा नुहुँदा घरमै राखेको छु” उनले आफ्नो दुखेसो सुनाउदै भने, आर्थिक अभाबका कारणले छोराको उपचार गर्न नसकेको उनको दुखेसो छ ।
अहिले सहयोग रकम संकलन भैरहेको उनको भनाई छ । उपचारका लागि धेरै अस्पताल धाएपनी अन्तत भएको जति सबै पैसा सिद्दिएपछि अहिले कतै लिन नसकेको धामी बताउन्छन् । पैसा भए छोरा बाच्थ्यो की भन्ने आसमा रहेका कृष्णका आमाबुवा अहिले उनलाई बचाउन हार गुहार गरिरहेका छन् । कृष्ण धामी बचाउ अभियान समेत सञ्चालन गरि उनका आफन्तहरुले पनि सहयोगजो अपिल गरिरहेका छन् । बाजुरा पुर्खेउली घर भएका कृष्ण धामी कैलालीमै जन्मिएका थिए । उनी गाउँकै बिद्यालयमा कक्षा १० सम्म पढे।बिरामी भएपछि भने उनको पढाई रोकिएको उनका बुवा लाल बहादुर धामीले बताएका छन् ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा