बुटवल : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको दाबी गरेका छन् ।
स्व। गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय सम्बन्धित टीआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने प्रस्ट पारे ।
द्वन्द्वकालीन घटनाका पीडितलाई नजरअन्दाज गर्न नसकिने भन्दै कोइरालाले अन्तर्राष्ट्रिय समुदायबाट यसबारेमा उठाइएका सवाल सुन्न माओवादी तयार छ कि छैन भन्ने प्रश्न गरे ।
कांग्रेसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले वर्तमान सरकारमा विवादित व्यक्तिहरूले पनि ठाउँ पाएको जिकिर गरे । सहकारी ठगी प्रकरणमा मुछिएर उजुरीसमेत परेका गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैको वैशाखी नटेक्ने दाबी गरे ।
कार्यक्रममा कांग्रेस नेताहरू डा गोविन्दराज पोख्रेल, गंगा शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य बाबुराम राना, विष्णु पोखरेल, रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, पूर्वसांसद प्रमोद यादव, नगर सभापति खेलराज पाण्डेय, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाण लगायतले पनि सम्बोधन गरेका थिए ।



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै