सप्तरी: सप्तरीको सप्तकोशी नगरपालिकाका एक युवकले प्रहरी नियन्त्रणबाट छुटे लगत्तै बञ्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्ती मुसहरी टोल का २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनसार दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेव मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको बुझिएको छ। बुबा हिराइ र ठूलोबुबा ५५ वर्षीय दशन सदाले सम्झाउन खोज्दा आवेशमा आएका लालदेवले आक्रमण गरेको छिमेकीहरूहरुको भनाईलाई उदृद गर्दै वप्रहरीले जनाएको छ ।
बुबालाई बञ्चरोले प्रहार गरेपछि उनले ठूलो बुबा दशन सदालाई पनि आक्रमण गरेका थिए। दशनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार घाँटीमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ भने घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ हत्या आरोपमा लालदेवलाई प्रहरीले बञ्चरोसहित पक्राउ गरेर थप अनुसन्धान सुरू गरेको जनाएको छ ।
पछिल्लो समयमा यस्ता घटनाहरु दिनप्रतिदिन बाहिरिने गरेका छन् । मानिसमा मानविय सम्बेदना हराउदै गएको छ। रत आफुले जन्मदिने बुवाले आफ्नै सन्तानबाट प्राण त्याग्नुपर्छ ।यस्ता अप्तयारिला खबरहरु पछिल्लो समयमा बढदै गएका छन् ।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने