सप्तरी: सप्तरीको सप्तकोशी नगरपालिकाका एक युवकले प्रहरी नियन्त्रणबाट छुटे लगत्तै बञ्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । सप्तरीको सप्तकोशी नगरपालिका–३ नयाँवस्ती मुसहरी टोल का २२ वर्षीय लालदेव सदाले बञ्चरो प्रहार गरी आफ्नै बुबा ४५ वर्षीय हिराइ सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनसार दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेव मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको बुझिएको छ। बुबा हिराइ र ठूलोबुबा ५५ वर्षीय दशन सदाले सम्झाउन खोज्दा आवेशमा आएका लालदेवले आक्रमण गरेको छिमेकीहरूहरुको भनाईलाई उदृद गर्दै वप्रहरीले जनाएको छ ।
बुबालाई बञ्चरोले प्रहार गरेपछि उनले ठूलो बुबा दशन सदालाई पनि आक्रमण गरेका थिए। दशनको टाउको तथा शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार घाँटीमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ भने घाइते दशनको सप्तकोशी नगरपालिकाको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ हत्या आरोपमा लालदेवलाई प्रहरीले बञ्चरोसहित पक्राउ गरेर थप अनुसन्धान सुरू गरेको जनाएको छ ।
पछिल्लो समयमा यस्ता घटनाहरु दिनप्रतिदिन बाहिरिने गरेका छन् । मानिसमा मानविय सम्बेदना हराउदै गएको छ। रत आफुले जन्मदिने बुवाले आफ्नै सन्तानबाट प्राण त्याग्नुपर्छ ।यस्ता अप्तयारिला खबरहरु पछिल्लो समयमा बढदै गएका छन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा