काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले रवि लामिछाने अहिले आफैँ बोक्सी आफैँ झाँक्री बनेको आरोप लगाएका छन् ।
सञ्चारकर्मी संग कुरा गर्दै कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले विभिन्न भ्रष्टाचार प्रकरणहरुहरुमा मुछिएका आरोपित व्यक्ति नै गृहजस्तो छानविन गर्ने ठाउँमा बस्न नहुने भन्दै लामिछानेले नैतिकता देखाउनपर्नेमा जोड दिएका छन् । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नभई उनको प्रवृतिको विरोधमा रहेको उनले बताएका छन् ।
रास्वपाका सभापतिसमेत रहनुभएका लामिछानेले आफू गृहबाट बाहिरिएर गृह रास्वपाकै कोटा भए सोहि पार्टीको अर्को सांसदलाई गृहमन्त्री बनाएर छानविनलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट गर्न सहयोग पु¥याउनुपर्ने नेता श्रेष्ठले माग गरेका छन् ।
गृहमन्त्री लामिछाने अहिले आफै बोक्सी आफै धामी बनिरहेको समेत नेता श्रेष्ठको आरोप रहेको छ । यस्तै सहकारीमा ठगीएका पीडितलाई न्याय र क्षतीपुर्ती दिनतर्फ लाग्नुपर्ने सरकार उल्टै भ्रष्ट र आरोपितलाई जोगाउनतर्फ लागिरहेको भन्दै आपत्ती जनाएका छन् ।
प्रमूखप्रतिपक्ष दल कंग्रेसले लगातार संसदमा गृहमन्त्री लामिछानेको राजीनामा र सहकारी ठगी प्रकरणको सत्य तथ्य छानविनको माग गर्दै अवरोध गरिरहेको छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गृहमन्त्री लामिछानेको बचाउमा उत्रिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नदेखिएको जवाफसमेत दिनुभएको छ भने ओलीले लामिछानेलाई बदनाम गर्न खोजिएको तर्क गरेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै