काठमाडौं : नेपाली कांग्रेसका संसद दीपक गिरीले सहकारी ठगीको सन्दर्भमा आरोपित दिपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नभएको भनी प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराए ।
उजुरी परेकामधये पुन पक्राउ परेको तर लामिछाने गृहमन्त्रीमा बहाल रहेको भन्दै उनले प्रश्न उठाएका हुन् ।
उनले भनेका छन्, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’
लामिछाने जसरी पनि गृहमन्त्रालय चाहिन्छ भनेर सरकारमा गएको उल्लेख गर्दै उनले स्वार्थ बाझिने मन्त्रालयमा लामिछानेलाई किन नियुक्त गरेको हो भनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनले बताए । गृहमन्त्रीको नियुक्तिका सम्बन्धमा यसअघि पनि कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन् ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य