संसदमा कांग्रेसको प्रश्न – दिपेश पुन गिरफ्तार हुने, रवि लामिछाने किन नहुने ?



काठमाडौं : नेपाली कांग्रेसका संसद दीपक गिरीले सहकारी ठगीको सन्दर्भमा आरोपित दिपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नभएको भनी प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराए ।

उजुरी परेकामधये पुन पक्राउ परेको तर लामिछाने गृहमन्त्रीमा बहाल रहेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

उनले भनेका छन्, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’

लामिछाने जसरी पनि गृहमन्त्रालय चाहिन्छ भनेर सरकारमा गएको उल्लेख गर्दै उनले स्वार्थ बाझिने मन्त्रालयमा लामिछानेलाई किन नियुक्त गरेको हो भनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनले बताए । गृहमन्त्रीको नियुक्तिका सम्बन्धमा यसअघि पनि कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.