बुढीनन्दा नगरपालिकाले गर्‍यो १३ सदस्यिय खाद्य समन्वय समिति गठन



राजेन्द्र रोकाया बाजुरा: बुढीनन्दा नगरपालिकाले कोल्टीमा स्थानिय खाद्य सञ्जाल समन्वय समिति गठन गरेको छ । आईतबार एक कार्यक्रमका विच कोल्टीमा नगर प्रमुख जनक कुमार बोहरा अध्यक्ष रहने गरी १३ सदश्यीय खाद्य समन्वय समिति गठन गरीएको हो ।

नागरीकको खाद्य अधिकारको सुनिश्चीतका लागि बेला बेला आवाज उठाउदै आईरहेको फियान नेपाल बाजुराको समन्वयमा स्थानिय खाद्य सञ्जाल समन्वय समिति गठन गरीएको हो । बुढीनन्दा नगरपालिकाद्धारा राजपत्रमा प्रकाशित भएको स्थानिय खाद्य समन्वय समिति गठन तथा सञ्चाल कार्यविधि २०८० को परीच्छेद २ अनुसार समिति गठन भएको फियान नेपालका बाजुरा कार्यक्रम संयोजक सविता थापाले जानकारी दिएका छन् ।

फोटो खोल्नुहोस्उनका अनुसार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहराको अध्यक्ष रहने गरी १३ सदश्यीय समन्वय समिति गठन भएको छ । जसमा नगर उपप्रमुख रामबहादुर वोहोरा, केशर बहादुर शाही, गजेन्द्र बहादुर शाही, भरत जोशी, महेश कार्मी, जीवन कैला, रणबहादुर वोहरा, जयलाल विक, जयलाल कार्की,लोकराज रेग्मी, कैलाश ऐडी सदश्य र कृषि शाखा प्रमुख भागेन्द्र मल्ल सदश्य सचिव रहने गरी १३ सदश्यीय समन्वय समिति गठन भएको थापाले बताए।। विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधि सम्मीलित समितिले नागरीकका खाद्य अधिकारका सवालमा काम गर्ने थापाको भनाई छ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.