काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ल अदालत पुर्याइएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।
लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।म्याद थप भएको अवधिमा उनीबारे विस्तृत अनुसन्धान हुने सीआईबी प्रमुख एआईजी श्याम ज्ञवाली बताउँछन् ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था