नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले व्यवस्था बलियो बनाउन ठूला दलबीच मेलमिलापको आवश्यकता रहेको बताएका छन्।
उनले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस र एमाले मेलमिलाप हुनुपर्ने उनको भनाइ छ।
‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भनेको नयाँ सरकार बनाउनका लागि होइन,’ संघीय संसद भवन परिसरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘देशमा संकट आइरहेको छ, व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन्। व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ।’
उनले कांग्रेस र एमालेको मेलमिलाप सरकार बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए।
न्युज एजेन्सी नेपाल



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै