बाजुरा : बाजुराका ५ सय बढी भूमिहीनलाई निस्सा वितरण गरिएको छ। यो संगै २ हजार बढीको लगत संकलन गरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जनाएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको कार्यालय श्रोतका अनुसार ११ महिनामा ५ सयबढिलाई निस्सा वितरण गरिएको हो । यस बर्षको फागुन मसान्तसम्म जिल्लाभरका ५ सय ३९ परिवारलाई निस्सा वितरण गरिएको कार्यालयले जनाएको छ।
शुक्रबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय भूमि आयोग बाजुराले हालसम्म सम्पादन गरेका क्रियाकलाप तथा गतिविधिका साथैं सो तथ्यांक सार्वजनिक गरेको छ । यस बर्षको हालसम्म जिल्लाका ९ वटै स्थानिय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरेर ५ सय ३९ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग बाजुरा अध्यक्ष जनक रोकायाले बताएका छन् ।
त्यस्तै जिल्लाभरका २ हजार ७ सय ५२ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको छ । जिल्लाका ९ वटै पालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएका मध्ये हालसम्म ९ सय ३१ जनाको लगत प्रविष्ट गरिएको बताइएको छ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन