रौतहट : रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनसार सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार समेत प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले बताएकी छन् ।
घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको उनको भनाई छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको उनले बताइन् । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था