काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा विधेयक पेश गर्न नदिने अडान लिएको छ।
सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको लामिछानेलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ।आज गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तर, त्यसमा कांग्रेसले अवरोध गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ दिने हो कि प्रतिपक्षलाई सदन अवरोध गर्न बाध्य पारिएको हो। बाध्य पारिएको हो भने पनि त्यसो नगरियोस्। होइन भने प्रधानमन्त्रीको जवाफ नआएसम्म गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौँ।’
कांग्रेसले विरोध जनाउँदै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?