बाजुरा : बाजुरामा एक सुत्केरी नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई हेलिकप्टरद्धारा उद्धार गरिएको हो
थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी उनको पेट सुनिएपछि थप उपचारका लागि बाहिर पठाइएको हो । जिल्लामा उपचार सम्भव नभएकाले थपउपचारका लागि सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । उनका अनुसार जिल्ला अस्पताल बाजुराबाट सुत्केरी महिलाको अवस्था जटिल बन्दै गएको पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयलाई हेलिकप्टर मार्फत उद्धारका लागि पहल गरेरपछि सुत्केरी महिलाको सेनाको एन (६६) को हेलिकप्टरमा उद्धार गरिएको बताइएको छ।
सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको प्रजिअ पौडेलले बताएका छन् । जिल्लामा हरेक महिनामा गर्भवती तथ सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर जिल्ला बाहिर सेनाको हेलिकप्टर मार्फत उद्धार हुदै आएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै