बाजुरा : बाजुरामा घाँस काट्न गएकी ४५ वर्षीय एक महिला जंगलमै अस्ताएकी छन् । जंगलमा घाँस काट्न गएको बेला उनको मृत्य भएको हो । मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउदकी ४५ बर्षिया श्रीमति दुरा साउंद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउंदले जानकारी लिएका छन् ।
बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिर बाट लडेर गम्भीर घाइते साउंदलाई घर पुर्याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा गाउँमै निधन भएको स्थानिय नेत्र थापाले बताएका छन् ।
भौगोलिक बिकटता रहेको मना गाउँ लगायत बाजुरामा बर्षेनि भिर बाट लडेर स्थानीय नागरिकको अकालमै ज्यान जाने गरेको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै