१ चैत, काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिल पक्ष पनि उच्च अदालत पाटन पुगको छ। सरकारी वकिल पक्षले उच्च अदालत पाटन पुगेर पुनरावेदन निवेदन दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।सरकारी वकिलले भने पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो ।
आफ्नो मागदावी बमोजिम सजाय नभएको, पीडितलाई बालिग ठहर गरी कम सजाय भएको भन्दै जिल्ला अदालतको फैसला खारेज हुनुपर्ने माग राखेर सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेको स्रोतले बताएको छ ।क्रिकेटर लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा