काठमाडौँ : सहकारी ठगीमा जोडिएका व्यक्ति गृहमन्त्री बनिराख्दा अनुसन्धान प्रभावित हुने भन्दै संसदमा रवि लामिछानेको राजीनामा माग गरिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी ठगीमा नाम जोडिएका लामिछानेले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेकी हुन् ।‘बहालवाला गृहमन्त्रीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ, न्याय निरूपणका लागि स्वार्थ बाझिने मान्छे सार्वजनिक पदमा बसिराख्नु कति जाहेर हो ? निष्पक्ष छानबिका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने ? गृहमन्त्रीले नैतिक जिम्मेवारी लिने कि नलिने ? सांसद् मिजारले प्रश्न गरिन् ।
शून्य समयमा नेपाली कांग्रेसकी सरस्वती बजिमयले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाउनु गम्भीर विषय भन्दै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।त्यसअघि आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले रविलाई गृहमन्त्री बनाउँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुने भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे ।
सहकारीमा ठगीमा जोडिएका लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको विषयलाई नेपाली कांग्रेसले सशक्त ढंगले उठाउने संकेत गरेको छ ।
बुधवार र बिहीवार बैठकको शुरूमै कांग्रेसले आकस्मिक समय लिएर रवि लामिछाने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै जवाफ नआए संसद् चल्न नदिनेसम्मको चेतावनी दिएको छ ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन