काठमाडौँ : २३ दिन हिँडेर काठमाडौंमा पुगेर आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किन सकेका छैनन् । उनिहरु संग पैसा नभएपछि घर फर्किन समस्या भएको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी फर्किसकेका छन् ।तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिएका छन् ।
सरकारले सोमबार राति सिंहदरबारमा मिटरब्याज पीडितसँग चार बुँदे सहमति गरेको थियो । सहमति अनुसार, नयाँ जाँचबुझ आयोग बन्नेछ, त्यसले अवैध रुपमा तयार गरिएका तमसुकहरु खारेज गर्न सिफारिस समेत गर्ने उल्लेख गरिएको छ । तर, सहमति भइसकेपछि पनि दुई सय जना अझै भृकुटीमण्डपमै छन् । ‘साँझसम्ममा व्यवस्थापन हुन्छ होला, अहिलेलाई पैसा म्यानेज भएकाहरु जति फर्किनुभयो’, निर्गले भने, ‘अरुलाई व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं ।’ केही दिनअघि जिल्ला र नगरस्तरबाट आएका अगुवाहरु घर फर्किएका थिए ।
उनीहरुले धान बेचेर ल्याएको पैसाले कतिपय गाउँ फर्किएको अभियन्ताहरु बताउँछन् । पूर्वी तराई घर भएकाहरु अधिकांश फर्किइसकेका छन् । तर, पश्चिमतिर भाडा पनि बढी पर्ने भएकाले उनिहरुलाई घर फर्किन समस्या भएको हो । उनका अनुसार, अभियन्ताहरुले अहिले बाँकी रहेकाहरुको विवरण संकलन गरिरहेका छन् । आफूहरुको समस्या समाधान नभएको भन्दै १६ माघमा पूर्वमा काँकडभिट्टाबाट अवधेश कुशवाह र पश्चिममा निर्ग नवीनको नेतृत्वमा मिटरब्याज पीडितहरु पैदल हिँडेर काठमाडौं आएका थिए ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य