काठमाडौँ : राष्ट्रिय सभाको अध्यक्षको नेकपा (माओवादी केन्द्र)का नारायणप्रसाद दाहाल विजयी भएका छन् । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो ।
उनको पक्षमा ३९ र विपक्षमा १७ मत पर्यो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय सभामा दाहाललाई माओवादी, एमाले, जसपा र नेकपा एसका सांसदले समर्थन गरेका हुन् ।
यसअघि कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए । शर्मालाई कांग्रेस र लोसपा सांसदले मत दिएका हुन् ।
विजयी भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा