काठमाडौँ : राष्ट्रिय सभाको अध्यक्षको नेकपा (माओवादी केन्द्र)का नारायणप्रसाद दाहाल विजयी भएका छन् । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो ।
उनको पक्षमा ३९ र विपक्षमा १७ मत पर्यो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय सभामा दाहाललाई माओवादी, एमाले, जसपा र नेकपा एसका सांसदले समर्थन गरेका हुन् ।
यसअघि कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए । शर्मालाई कांग्रेस र लोसपा सांसदले मत दिएका हुन् ।
विजयी भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् ।



सम्वन्धित समाचार
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित