बाजुरा : बाजुरामा एक पसलमा आगलागी भएको छ। गएराती बिद्युतको तार सट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जनाकारी अनुसार बडीमालिका नगरपालिका ६ नुनेपानीमा एक पसलमा आगलागी भएको बताइएको छ। विगत लामो समय देखी नुनेपानीमा व्यवसाय गर्दै आएका उमेश कार्कीको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरी का अनुसार आगलागी हुँदा ठुलो धनमालको क्षेती भएको अनुमान गरिएको छ ।
विधुतको तार सट भएर हिजो राती करिब ११ बजेतिर पसलमा आगलागी भएको हो । मानविय क्षेती भने कुनै भएको छैन् । दुई वटा मोटरसाईकल भने जलेर नष्ट भएका छन् । हिजो रातीनै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली आगलागी भएको घटना स्थलमा गैई आगो नियन्त्रण गरिसकेको डिएस्पी बोहोराले जानकारी दिनुभयो । बाँकी आगलागी भएर पसलमा कती क्षेती भएको हो भन्ने विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै