बाजुरा : बाजुरामा एक पसलमा आगलागी भएको छ। गएराती बिद्युतको तार सट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जनाकारी अनुसार बडीमालिका नगरपालिका ६ नुनेपानीमा एक पसलमा आगलागी भएको बताइएको छ। विगत लामो समय देखी नुनेपानीमा व्यवसाय गर्दै आएका उमेश कार्कीको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरी का अनुसार आगलागी हुँदा ठुलो धनमालको क्षेती भएको अनुमान गरिएको छ ।
विधुतको तार सट भएर हिजो राती करिब ११ बजेतिर पसलमा आगलागी भएको हो । मानविय क्षेती भने कुनै भएको छैन् । दुई वटा मोटरसाईकल भने जलेर नष्ट भएका छन् । हिजो रातीनै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली आगलागी भएको घटना स्थलमा गैई आगो नियन्त्रण गरिसकेको डिएस्पी बोहोराले जानकारी दिनुभयो । बाँकी आगलागी भएर पसलमा कती क्षेती भएको हो भन्ने विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा