कर्णाली पुलमा आवागमन बन्द हुने



कैलाली  : कर्णाली पुलमा आइतबार अपरान्ह लाइटर लोड गरी विरगञ्जबाट कञ्चनपुरतर्फ गइरहेको ट्रकमा आगलागी हुँदा त्यसैको आगो सल्केर उक्त पुलमा पनि क्षति पुगेको छ । क्षतिको यकिन गरी सुरक्षाको दृष्टिकोणले ठिक छ कि छैन भन्ने पत्ता नलाग्दासम्म उक्त पुलबाट केही दिनका लागि आवागमन बन्द गरिएको छ ।

वैकल्पिक मार्गबाट सवारी आवागमनको लागि कैलालीको लम्की देखि दक्षिणी टिकापुर(सत्तिपुल हुँदै बर्दियाको राजापुरबाट गुलरिया भएर पूर्व(पश्चिम राजमार्गमा निस्कन सकिने वा हुलाकी राजमार्ग प्रयोग गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर नीरज शाक्यले जानकारी दिनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहतको निकायले पनि घटनाको विवरण सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको पुलमा गुडिरहेको ट्रकमा लागेको आगो दुईघण्टासम्म नियन्त्रण बाहिर रह्यो । वीरगञ्जबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमबार अपरान्ह एक्कासी आगलागी भएको थियो । लाइटर बोकेको उक्त ट्रकमा आगलागी हुँदा ट्रक पूर्णरूपमा जलेको छ भने कर्णाली पुलका केही लठ्ठामा समेत क्षति पुगेको छ । जसका कारण पुल नै जोखिममा परेको छ । ट्रकमा रहेका चालक र सहचालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कैलाली र बर्दियाका विभिन्न पालिकाहरूबाट ढिलै भएपनि पुगेका दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको थिएन । त्यसपछि बालुवा हालेर आगो निभाउने प्रयास गरिएको थियोे । ट्रकमा रु। १ करोड १० लाख भन्दा बढी मूल्य बराबरका लाइटर लोड गरिएका थिए । त्यसैबाट आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.