काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अघिल्लो गृहमन्त्रीले निर्देशन दिएको सहकारी ठगीको छानबिन गर्ने निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरे।
उनले भने प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनुभएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नुपर्छ भनेर भन्नुहुन्थ्यो । उहाँहरूको भनाइ अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्ने थियो । तर अहिले मन्त्रीपरिषद्मा केही अभियोग र आरोप लागेका, मुद्दा परेकाहरू हुनुहुन्छ कि हुनुहुन्न । अघिल्लो गृहमन्त्रीले सहकारीमा ठगी भयो, सूर्यदर्शनदेखि कुन कुन सहकारीमा अर्बौँ ठगी भयो भनेर छानबिन गर्न अघिल्लो गृहमन्त्रीले निर्देशन दिनुभयो। त्यो निर्देशन कार्यान्वयन गराउने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ।
उनले अघिल्लो सरकार हुँदा संसद्मा विरोध गर्नेहरूसँगै भएर अहिले कस्तो खालको प्रवृत्ति विकास गर्नु खोजेको भन्दै प्रश्न गरे।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा