काठमाडौँ : सुदूरपश्चिम सेवा समाजका उपाध्यक्ष चक्र मल्लको नेतृत्वमा एक नेपालीको उद्धार गरिएको छ। त्यहाँ काम नपाएर अलपत्र अवस्थामा रहेका डाटीका एक युवक कुमार राईको उद्धार गरीएको हो ।
क्रेन अपरेटर को भिसा मा साउदी गएका थिए कुमार राई कम्पन्नी मा आएका कुमार राईले सम्झौता अनुसार को सेलरी न पाउँदा मेनपावर र संबंधित निकाय मा बारम्बार गुहार गर्दा सुनुवाई नभएपछि कम्पन्नी छोडेर अर्को कम्पनी मा सीप अनुसार को पारश्रमिक पाउने उदेश्य ले कम्पनी छोडेका थिए।
कम्पन्नी छोड्ने बितिक्कै कम्पनी ले १०००० साउदी रियाल फाइन हानेको हुदा उहाले नेपाल फर्कन पाएका थिएनन । ७ बर्ष बित्दा सम्म कुनै उपाय न लागे पछि सुदुर पश्चिममेलि सेवा समाजका उपाध्यक्ष चक्र मल्ल संग उनको भेट भएको थियो। मल्ल मार्फत नै नेपाली राजदुतावास साउदी संग सहकार्य गर्ने गरेर उनलाई नेपाल पठाइएको हो ।
सुदुर पश्चिमेलि सेवा समाजका उपाध्यक्ष ले नेपाली एमबिसि संग सहकार्य गरि आफू ले पनि सो कम्पनी को साहु संग सम्पर्क गरि १०००० तिर्न नसक्ने र केही राहत दिनु पर्ने माग गर्दा साहुले उनको मागलाई आत्मासाथ गरि ८००० साउदी रियाल जरिवाना तिराएर नेपाल पठाइएको छ । आज नेपाल का लागि भिसा लगाइ दिएको पनि बताइएको छ।
भिसा लागेपनि लाग्यो तर पीडित कुमार राईसंग नेपाल जान एयरलाइन्स को टिकट को लागि भाडा समेत थिएन । उनलाई टिकट खर्चको समेत व्यवस्थापन गरिएको बताइएको छ। सुदुर पश्चिमेलि सेवा समाज का उपाध्यक्ष चक्र मल्ल र नेपाल कम्युनिस्ट पार्टी महासचिव बिपल्ब सि निकट प्रवासी संगठन नेपाली जनप्रगतिसिल मोर्चा साउदी का अध्यक्ष मिलन सिले पिडित कुमार राईको एयरलाइन्स को टिकट सहित नेपाली काठमाडौ होटेल दमाम मा खाना नास्ता सहित दोछल्ला ओढाई नेपाल पठाएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै