नारी दिवस बिशेष एक गजल
बलत्कार’मा परेकीलाई कैले आउछ नारी दिवस ?
भूर्ण मै हत्या भएकीलाई कैले आउछ नारी दिवस ?
जसलाई तीमीले बेश्या भन्छौनी भोकै मर्न नसकेर
आफ्नै शरीर बेचेकीलाई कैले आउछ नारी दिवस ?
दाइजो नल्याएको निहुमा चरम यातना सहन नसकेर
मट्टितेल छर्केर जलेकीलाई कैले आउछ नारी दिवस?
घरभित्रै हुन्छन् नारी हिंसा, विभेद, शोषण अत्याचार
अन्याय सहेर बसेकीलाई कैले आउछ नारी दिवस ?
मासिक रजस्वला भए संगै अपवित्र हुन्छिन् उनी
छाउ गोठमै मरेकिलाई कैले आउछ नारी दिवस?
साहित्यकार रिता शाही
बाजुरामा जन्मिएकी शाही लामो समय देखी नेपाली साहित्यमा कलम चलायदै आएकी छन् । साहित्यका बिभिन्न बिधा अन्तरगत कथा कबिता, मुक्तक, गजल आदीमा कलम चलाउने शाहीले दुईवटा कृति समेत बजारमा ल्याइसकेकी छन् । उनका तिता मिठा पल, चिनारी नामक दुईवटा गजल सग्रह बजारमा छन् । समाजसेवामा समेत समपिर्त शाही नेपाली कांग्रेसकी अब्बल महिला नेतृ पनि हुन् । उनले पछिल्लो समयमा समाजसेवालाई आफ्नो दैनिकी नै बनाएकी छन् । यो संगै शाशी साहित्य र राजनितीमा पनि त्यत्तिकै सक्रिय छन् ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो