बाजुरा : बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूमा बाँडिने दिवा खाजामा अनिवार्य गाउँमै उत्पादन भएको कोदोको परिकार खुवाउने गरेको छ । नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानिय स्तरमा उत्पादन गरिएको कोदो,मकै लगायतका परिकार बनाएर खुवाउँने गरेको हो ।
स्थानिय स्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवद्र्न गर्न र नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउँने यसअघि लिएको नीति कार्यान्वयन भएको नगरप्रमुख अमर खड्काले बताउनु भयो ।
नेपार सरकारले दिदै आएको दिवा खाजालाई थप प्रभावकारी बनाउन र गाउँमै उत्पादन गरिएको कोदोको प्रवद्र्न गर्न नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन कोदोको परिकार खेवाउने गरेको नगरप्रमुख खड्काले बताउनु भयो ।
उहाँका अनुशार रैथाले बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्य सहीत नगरले लिएको नीति अबलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यायलयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको हो ।
प्रारम्भिक बालविकास कक्षा देखी कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाहरुले दिनको एक पटक दिउँसो खाज सुविधा पाईरहेका छन् । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन नेपाल सरकारले दिवा खाजा अनिवार्य गरेको छ ।
पछिल्लो समय दिवा खाजा बालबालिकाका लागि आकर्षणको माध्यम बनेको कालिका आधारभुत विद्यालयका शिक्षक जंगबहादुर विकले बताउनु भयो । दिवा खाजा कार्यक्रमले गर्दा बिद्यार्थीहरु निरन्तर विद्यालयमा आउने बानीको बिकास भएको र बिद्यार्थीको अनुपस्थित दर घटेको उहाँले बताउनु भयो ।
उहाँका अनुशार विद्यालयमा दिवा खाजाले गर्दा विद्यार्थी संख्या वृद्धि हुने गरेको छ । कालिका आधारभूत विद्यालयमा मात्रै होइन् दिवा खाजा खुवाईने सबै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । बडीमालिका नगरपालिकाले सबै सामुदायिक विद्यालयमा बालबालिकालाई माघ २० गतेदेखि नै कोदोको परिकार खुवाउँन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
रैथाने बालीको प्रवद्र्धन तथा बढवा दिन, प्रचारप्रसार र उपयोगिता बारेमा जानकारी गराउँने उदेश्य सहीत सञ्चालन गरिएको कृषी प्राविधिक रमेश विकले बताउनु भयो । उहाँका अनुशार यो आर्थिक बर्षमा १५ हप्ताका लागी यसको प्रभावकारिताका बिषयमा बुझिने भएको हो ।
बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका २८ सय ५८ बालबालिका दिवा खाजा खाईरहेका छन् । बडीमालिका नगरपालिकाले दुई लाख ७५ हजारको बजेट दिवा खाजाका लागि छुट्याएको कृषी प्राविधिक रमेश विकले बताउनु भयो ।
किनारा न्यूजबाट साभार



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा