मिन बहादुर खड्का काठमाडौं : आर्थिक अभावकै कारण उपचार हुन नसकेका कैलालीका २१ वर्षीय कृष्ण धामी घरमै थला परेका छन् । पारिवारिक आर्थिक अवस्थाले उपचार गर्न नसकेपछि उनी घरमै थला परेका हुन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ गुदुखाती पुर्खौली घर भैइ हाल गोदावरी नगरपालिका ४ कैलाली भ्यागुत्तेपानी बस्दै आएका कृष्ण धामी बिगत पाँच बर्ष देखि मृत्यु संग लडिरहेका छ्न ।
उनी अहिले जीवन र मरणको दोसाँधमा छन् । कृष्ण बिरामी परेको दिन देखि उनको परिवारमा छाएको निराशाले अहिलेसम्म पनि निरन्तरता पाएकै छ । बुवा आमाको एउटा मात्रै सन्तान कृष्ण मृत्यु संग लडिरहेका छन् । उनको घरमा अहिले रुवावासी छ । उनकी आमाले मेरो एउटा मात्रै छोरा बचाईदिनुस भन्दै हारगुहार गरिरहेकी छन् । कृष्णका बुवा लाल बहादुर धामीले दिएको जानकारी अनुसार, कृष्ण बेला बेला बेहोस हुने, आत्तिने गरेका छन् ।
उनलाई उपचारका लागि भारत सम्म पनि लगिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएको उनले बताएका छन् । गत वर्ष मात्रै उनले छोरालाई उपचारका लागि काठमाडौंको वीर अस्पतालमा ल्याए । अहिले पनि कृष्णले बिर अस्पतालको औसधि सेवन गरिरहेका छन् । तर उनलाई निको भने भएको छैन। रोग थप बल्झिदै गएको उनका बुवा लाल बहादुर धामीको भनाई छ । उपचार गर्दा गर्दै घरमा भयको चल अचल सम्पत्ती सकिएको उनका बुवा लाल बहादुर धामीले बताएका छन् ।
छोरीको पनि उपचार हुन नसकी मृत्यु भयो, एउटा मात्रै छोरा हो, कसरी बचाउने, पैसा जति उपचार गर्दा गर्दै सकियो, घर खर्च धान्नै मुस्किल छ, अहिले पैसा नुहुँदा घरमै राखेको छु उनले आफ्नो दुखेसो सुनाउदै भने, आर्थिक अभाबका कारणले छोराको उपचार गर्न नसकेको उनको दुखेसो छ । उपचारका लागि धेरै अस्पताल धाएपनी अन्तत भएको जति सबै पैसा सिद्दिएपछि अहिले कतै लिन नसकेको धामी बताउन्छन् । पैसा भए छोरा बाच्थ्यो की भन्ने आसमा रहेका कृष्णका आमाबुवा अहिले उनलाई बचाउन हार गुहार गरिरहेका छन् ।
कृष्ण धामी बचाउ अभियान समेत सञ्चालन गरि उनका आफन्तहरुले पनि सहयोगजो अपिल गरिरहेका छन् । कृष्ण धामी बचाउ अभियान सञ्चाल गरेर सहयोग रकम संकलन कार्य भैरहेको युवा विद्यार्थी गणेश बुढा जिएनले बताएका छन् । बाजुरा पुर्खेउली घर भएका कृष्ण धामी कैलालीमै जन्मिएका थिए । उनी गाउँकै बिद्यालयमा कक्षा १० सम्म पढे।बिरामी भएपछि भने उनको पढाई रोकिएको उनका बुवा लाल बहादुर धामीले बताएका छन् ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र