काठमाडौं : पशुपति क्षेत्रमा भोलिदेखि २७ फागुनसम्म मासु र मदिरा निषेध गरिएको छ ।शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको बताइएको छ।
‘कोशी कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।
हिन्दु धर्माबलम्बीले शिव भगवानको पूजा आराधना गरी मनाउने पर्व शिवरात्रि २५ फागुन शुक्रबारको दिन परेको छ । त्यस दिन पशुपति क्षेत्रमा शिवको पूजा गर्न आउनेको ठूलो भिड लाग्छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित