बाजुरा– बडिमालिका नगरपालिकाका कर्मचारी बीच कुटाकुट भएको घटना बाहिरिएको छ । कर्मचारीहरु बीच एक आपसमा कुटाकुट भएपछि एक कर्मचारी घाइते समेत भएकी छन् । मेड्पा परियोजना प्रमुख रन्जीता शाहीले आफ्नै कर्मचारी माथि हातपात गरेकी हुन् । शुक्रबार दिउँसो कार्यालय समयमै शाहीले आफ्नै कर्मचारी कबिता कुमारी सुर्यबंसीमाथी हातपात गरेको बताइएको छ ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आइसकेपछी दैनिक कामको बिवरण सहितको कार्यसम्पादन गर्ने नियम बनाएपछि कार्यसम्पादन कागजात शाखा प्रमुखले च्यातेर फालिदिएपछी बिबाद हुदै चर्काचर्की भएको थियो । उक्त विवादलाई लिएर आफुमाथी हातपात कुटपिटबाट घाइते भएकी कर्मचारी कबिता कुमारी सुर्यबंसीले बताइन् । प्रमुख प्रशासकिय अधिकृतले कार्यसम्पादन सम्बन्धी डकुमेन्ट दिएको र सो डकुमेन्ट शाखा प्रमुख शाहीले च्यातिदिएपछी बिबाद सुरु भएको उनले बताईन् । उनि कुटिएपछी टाउकोमा चोट लागेर जिल्ला अस्पताल बाजुराको आकस्मीक कक्षमा उपचारमा रहेको पनि उनले बताएकी छन् ।
कार्यालय प्रमुखको कक्षमा कर्मचारी सुर्यबंसीले आफुमाथी भएको कुटपिट बारे सुनाउदै गर्दा एकाएक बेहोस भएर अस्पताल पठाएको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले जानकारी दिएका छन् । ” दुबै कर्मचारीहरु बिच आन्तरिक द्धन्द्ध हुँदै आएको थियो, हुनसक्छ कार्यलयमा भनाभन र लुछाचुडी भएको, योबिषय कुरा सामान्य जस्तै हो” प्रमुख प्रशासकिय अधिकृत केशीले भने । आफु आज धनगडी जानुपर्ने भएकोले सो कुरालाइ आफु आइसकेपछी मिलाउने बताएका छन ।
कर्मचारी कबिता कुमारी सुर्यबंसीले भने पहिला देखी शाखा प्रमुख शाहीले आफुलाई हेप्दै आएको आरोप लगाएकी छन् । शुक्रबारको घटना बाहिर आए पनि यस अघि पनि कार्यालयमा छाडा गालि गर्ने र हेप्ने गरेको उनले सुनाइन् । सुर्यबंसीले भनिन “कार्यालयमा शाहीले परियोजनाको पैशा समेत हिनाबिना गरेको छन् , सामान खरिद गर्दा आफ्नै मनपरी गरेको छन् , यहीँ बिषयमा कुरा उठाउदा आफुमाथी आक्रमण भएको हो ” शाखा प्रमुख जिम्मेवारी पाएकी शाहीले परियोजनाका बारेमा समन्वय, सहकार्य नगरि कार्यक्रम एकलौटी चलाउदै आएकी र आफुले सो कुराको बिरोध गर्दा आफुले हेपिनु परेको उनको दुखेसो छ ।
बडिमालिका वडा नम्मर २ मा प्रबिधी बितरण कार्यक्रम अन्तरगतको ६ लाख रुपियाँ हिनाबिना गरेको र सो उजुरी न्यायीक समितिमा गएको पनि उनले बताएकी छन । न्यायिक समितिले पनि हालसम्म सो मुद्धा नहेरिदिएको उनको आरोप छ ।
यतिबेला यो बिषयलाई लिएर नगरपालिकाको प्रशासन माथी नै प्रश्न चिन्ह खडा भएको छ । यतिमात्र होईन राष्ट्रसेवक कर्मचारी माथी पनि नैतिकताको प्रश्न खडा भएको छ । कर्मचारीहरुले नै कार्यालयमै एक आपसमा विवाद गरेर कुटपिट सम्मको परिस्थिति सिर्जना भएको घटनाले सिङ्गो नगरपालिकाको नै चर्को आलोचना सुरु भएको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?