काठमाडौं : सुदूरपश्चिमएली नेपाली समाज साउदी अरब द्वारा WAFF महिला च्याम्पियनसिप २०७४ को उपविजेता नेपाली महिला फुटबल टिमलाई सम्मान गरिएको छ । एक औपचारिक कार्यक्रमका बीच उपविजेता टिमलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
खेलाडीहरुलाई सम्मान पत्र र प्रोत्साहन रकम स्वरुप रु १ लाख नगद समेत हस्तान्तरण गरिएको सामाजिक अभियान्ता रिता शाहीले जानकारी दिएकी छन् । उनिहरुलाई नगद पुरस्कार सहित सम्मान गरेर जेद्धाको विमानस्थल बाट बिदाई गरिएको पनि उनले बताएकी छन् ।
सम्मान तथा नगद पुरस्कार हस्तान्तरण कार्यक्रममा महा बाणिज्य दूतावासका महावाणिज्यदूत शत्रुध्वन पोखरेल,श्रम सहकार्यका प्रतिनिधि ताम्राराज काफ्ले, सुदूरपश्चिमएली नेपाली समाजका महासचिव केशव बहादुर सिंह , वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल, सचीव केशव सिंह धामी, सदस्य बाबुराम रिजाल एवं जेद्धा स्थित विभिन्न संघसस्थाका प्रतिनिधि, समाजसेवी लगायतको सहभागिता रहेको थियो।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै