काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ ।
आयोगका सहप्रवक्ता डा. थानेश्वर भुसालका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम २ र प्रदेशसभाअन्तर्गत बझाङ निर्वाचन क्षेत्र नं १ को कार्यतालिका स्वीकृत भएको हो ।
निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
२०८१ साल १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप