काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको हो ।
लघुवित्त ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद भवन परिसरमा छिरेको विषयमा अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
संसद भवनको सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै सभामुख देवराज घिमिरेले आईजीपी वसन्त कुँवरलाई फोन गरेका थिए । कुँवरले छानबिन समिति गठन भएको बारे जानकारी दिएका थिए । संसद भवन सुरक्षार्थ खटाइएको टोलीसमेत परिवर्तन गरिएको कुँवरले सभामुखलाई बताएका छन् ।
प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।



सम्वन्धित समाचार
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता