काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको हो ।
लघुवित्त ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद भवन परिसरमा छिरेको विषयमा अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
संसद भवनको सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै सभामुख देवराज घिमिरेले आईजीपी वसन्त कुँवरलाई फोन गरेका थिए । कुँवरले छानबिन समिति गठन भएको बारे जानकारी दिएका थिए । संसद भवन सुरक्षार्थ खटाइएको टोलीसमेत परिवर्तन गरिएको कुँवरले सभामुखलाई बताएका छन् ।
प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो