बाजुरा : स्थानीय तह कार्य सम्पादनमा बाजुराका ९ वटा पालिका मध्ये त्रिवेणी नगरपालिका पहिलो बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्नको नतिजा अनुसार त्रिवेणी नगरपालिका पहिलो बनेको हो ।३९ दशमलव ९७ अङ्क सहित जिल्लाको पहिलो पालिका बनेको छ ।
त्यसै गरी बुढीनन्दा नगरपालिकाले ३४ दशमलब ७१ अङ्क सहित प्राप्त गरेर जिल्लामा दोस्रो भएको छ भने हिमाली गाउँपालिकाले ३१ दशमलब ९६ अङ्क प्राप्त गरेर जिल्लाको तेस्रो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्नमा रहेको छ ।
स्वामिकार्तिक गाउँपालिका ३१ दशमलब ८८ खप्तड छेडेदह गाउँपालिका ३१ दशमलव ७५ बडिमालिका नगरपालिका २९ दशमलब ९०, जगन्नाथ गाउँपालिका २६ दशमलब ७९ गौमुल गाउँपालिका २३ दशमलब ४२ अङ्क प्राप्त गरेको छ ।
जिल्लाको बुढीगङ्गा नगरपालिकाले अन्य पालिका भन्दा कम अङ्क प्राप्त गरेको छ । बुढीगङ्गा नगरपालिकाले १८ दशमलब २७ अङ्क प्राप्त गरेर जिल्लाको सबै भन्दा कम अङक् ल्याउनेमा परेको छ ।
आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी नगरपालिका बाजुराको पहिलो भएको छ । भने जिल्लामा सबै भन्दा कम अङ्क बुढीगङ्गा नगरपालिकाले प्राप्त गरेको छ ।
आयोगको सुचना अनुसार प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि ,२०७८को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचनाको मुल्याङ्कन अनुसार अङ्क प्रदान गरेका हुन् ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित