बाजुरा : स्थानीय तह कार्य सम्पादनमा बाजुराका ९ वटा पालिका मध्ये त्रिवेणी नगरपालिका पहिलो बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्नको नतिजा अनुसार त्रिवेणी नगरपालिका पहिलो बनेको हो ।३९ दशमलव ९७ अङ्क सहित जिल्लाको पहिलो पालिका बनेको छ ।
त्यसै गरी बुढीनन्दा नगरपालिकाले ३४ दशमलब ७१ अङ्क सहित प्राप्त गरेर जिल्लामा दोस्रो भएको छ भने हिमाली गाउँपालिकाले ३१ दशमलब ९६ अङ्क प्राप्त गरेर जिल्लाको तेस्रो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्नमा रहेको छ ।
स्वामिकार्तिक गाउँपालिका ३१ दशमलब ८८ खप्तड छेडेदह गाउँपालिका ३१ दशमलव ७५ बडिमालिका नगरपालिका २९ दशमलब ९०, जगन्नाथ गाउँपालिका २६ दशमलब ७९ गौमुल गाउँपालिका २३ दशमलब ४२ अङ्क प्राप्त गरेको छ ।
जिल्लाको बुढीगङ्गा नगरपालिकाले अन्य पालिका भन्दा कम अङ्क प्राप्त गरेको छ । बुढीगङ्गा नगरपालिकाले १८ दशमलब २७ अङ्क प्राप्त गरेर जिल्लाको सबै भन्दा कम अङक् ल्याउनेमा परेको छ ।
आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी नगरपालिका बाजुराको पहिलो भएको छ । भने जिल्लामा सबै भन्दा कम अङ्क बुढीगङ्गा नगरपालिकाले प्राप्त गरेको छ ।
आयोगको सुचना अनुसार प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि ,२०७८को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचनाको मुल्याङ्कन अनुसार अङ्क प्रदान गरेका हुन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै