बाजुरा प्रशासनले अलपत्र पारिएका विकास निर्माणका कार्य ठेकेदार खोजी थाल्यो 



बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुराले विकास निर्माण कामका ठेकेदारको खोजी थालेको छ । कामको जिम्मा लिने र बर्षौसम्म अलपत्र पारेर बेपत्ता हुने ठेकेदारको सूची तयार गरि खोजी थालेको हो । जिल्ला प्रशासन कार्यालय बाजुराल्र दिएको जानकारी अनुसार विकास निर्माणको काममा परेको बाधा र जिल्ला बासीले भोग्नु परेको सास्तीलाई ध्यानमा राखेर कामको गति बढाउने गरि ठेकेदारको खोजी सुरु गरिएको बताइएको छ ।

जिल्लामा सयाैंको संख्याका योजनाहरु अलपत्र रहेकाे ले जिल्ला प्रशासनले र स्थानिय तहका जनप्रतिनधीहरु कामलाइ अघी बढाउन साझा समहमती गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । सडक, पुल, स्वास्थ्य र विद्यालयका भवन, सिँचाइ र खानेपानी जस्ता पूर्वाधार विकासका योजनाहरु वर्षौदेखि अलपत्र छन् । ठेका लिने र फरार हुने ठेकेदारको संख्या बढेसँगै प्रशासनले चासो देखाएको प्रजिअ पौडेलको भनाई छ  । स्थानीय तह, राजनीतिक दल र पत्रकार जगतसँग समन्वय गरि खोजी कार्य अघि बढाउने निर्णय गरिएको हो।

जिल्ला बाहिर र भित्रका सबै जसो ठेकेदारले काम सम्पन्न मिति सकिएपनि निर्माण सुचारु समेत नगरेको पाइएको छ । ठेकेदारलाई ताकेता गर्दा पनि वास्ता नगर्ने गरेको र फोन समेत नउठाउने गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । पौडेलकै सक्रियतामा संघ र प्रदेश कार्यालयका प्रमुख र निर्माण व्यवसायी बीच समन्वयात्मक बैठक बसेको बोलाइएको थियो ।

पहिलो चरणमा ठेकेदार कम्पनीको सूची, कामको अवस्था र योजनाको प्रगति संकलन गर्ने र विषयलाई खुला छलफलका रुपमा अघि बढाउने गरि बैठकमा छलफल भएको थियो । जिल्लामा योजनाको अनुगमन र सम्बन्धी निकायसँगको परामर्शका लागि चार राजनीतिक दल र तीन जना पत्रकार रहेको समिति समेत गठन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख, बडीमालिका नगरपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी समेत रहने गरि बनेको समितिलाई योजनाको  अध्ययन गर्ने, सुझाव लिने र सोही अनुगमनका क्रममा भेटिएको प्रतिवेदनलाई सम्बन्धी निकाय र कम्पनीलाई बुझाएर कामको गति बढाउने गरि अधिकार दिएको छ ।

जिम्मेवारी कार्यालयका प्रमुख र निर्माण कम्पनीका प्रतिनिधी बोलाएर छलफल गरिने परिपार्टीलाई परिस्कृत गर्दै जिल्ला प्रशासन कार्यालयले समिति नै बनाएर अनुगमन र अध्ययनको जिम्मेवारी समेत तोकेको छ । जनताको काममा ढाँट छल गर्ने र असारमा काम गरेर कार्यालय प्रमुखसँग मिल्ने र भुक्तानी लिने गलत प्रवृत्तिलाई रोक्न समितिले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने सुझाव जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले दिएका छन् ।

ठेकेदारसँगै जिम्मेवार निकायका प्रमुखहरु र प्राविधिक कर्मचारीको गलत मनसाय र नियतले विकासे योजना निर्माणमा ढिलाई र गुणस्तर हिन हुने गरेको आरोप लाग्ने गरेको छ । जयवागेश्वरी र गुदुखाती स्वास्थ्य चौकी भवन, बार्जुगाको पुल, साँफे मार्तडी सडकको बल्दे सडक खण्ड, मार्तडी कोल्टीको चुथी, ढम्कने, पाण्डुसैन सडक खण्ड, सेरा आटीचौर कालोपत्रेमा सबैभन्दा बद्मासी र ढिलासुस्ती भएको पाइएको छ ।

इन्द्र बानीयाँको नाममा रहेको कम्पनीले काम नै नगरेको र बिजीको जिम्मेवारी लिएका प्रतिनिधीले समेत वास्ता नदिएको पाइएकोले तत्काल सर्वपक्षीय समितिले अध्ययन अनुगमन गरि कानुन संवत ताकेता गर्ने निर्णय समेत गरिएको छ ।

पूर्वाधार विकास कार्यालयले मार्तडी कोल्टी सडकको कामलाई तिब्रता दिइ अफ्ठ्यरो ठाउँबाट काम सुरु गरि बाटो सहज गर्न तर्फ ध्यान दिने र विकासे कार्यालयले आवश्यकताका आधारमा निर्माणका कामलाई प्राथमिकिकरण गरि निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख बाहेक अन्य विकासे कार्यालयका प्रमुख प्रतिनिधी सहभागि बैठकले कुनै बाहना र कारण देखाएर अब काम विलम्ब गरिए कारवाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । बैठक जिल्ला प्रशासन कार्यालयमा बसेको हो जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली काँग्रेसका उपसभापति पदम बडुवाल, नेकपा एमाले अध्यक्ष भरत थापा, सचिव काशी विक, माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष कमलकुमारी शाह, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरबहादुर रावत, सचिव दिर्घराज पाध्याय, पत्रकार दयाराम पण्डित, कृष्ण ओली, पदम सिंह, गगन अयडी र विकास कार्यालयमा प्रमुख एंव प्रतिनिधी सहभागि थिए ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.