काठमाडौं : सन्तान जन्माउन अमेरिका पुगेकी अभिनेत्री थापा आमा बनेकि छन् । शुक्रबार अमेरिकामा आमा बनेकी थापाले आफ्नो पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
सामाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस लेख्दै थापाले आफू आमा बनेको जानकारी गराएकी छन् ।उनले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेकी छन्
ुहेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ , रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको पनि जानकारी गराएकी छन् ।
सन्तान पाउने भएपछि श्रीमान भएको ठाउँ अमेरिका गएकी अभिनेत्री थापाको बिषयलाई लिएर एक पटक निकै चर्चा भएको थियो । सन्तान जन्माउन पनि अमेरिका जानुपर्ने दिन आए भन्दै थापाको आलोचना पनि उच्च पदस्थ व्यक्ति बाटै भएको थियो । राप्रपाकी नेतृ समेत रहेकी थापालाई उनकै पार्टी अध्यक्ष राजेन्द्र लिन्देनले पनि सन्तान जन्माउन पनि अमेरिका गएको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफ थापाले अमेरिकाबाटै फेसवुक स्टार्टस मार्फत दिएकी थिइन् । उनले देश प्रतिको माया हुनेले आफ्ना छोराछोरीलाई पढ्न किन बिदेश पठाएको भन्दै अध्यक्ष लिन्देनले सार्वजनिक कार्यक्रममै बोलेको अभिव्यक्तिलाई कटाक्ष गरेकी थिइन् । यसरी उनी सन्तान जन्माउन अमेरिका पुगेको कुरा चर्चा मात्रै होईन बहसको बिषय समेत बनेको थियो । तर अन्ततः उनले अमेरिकामै बच्चा जन्माएकी छन् । थापा पहिलोपटक अमेरिकामै आमा बन्न सफल भएकी छन् ।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग