करणी गर्ने नियतले होटेल नलिएको पुनरावेदनमा संदीप लामिछानेको जिकिर



काठमाडौँः नेपाली क्रिकेट जगतमा अग्रणी स्थानामा चिनिने नाम हो संदीप लामिछाने । जसले नेपाललाई क्रिकेटकै माध्यमबाट बिश्वमा चिनाउन सफल भए । उनको चर्चा नेपालमा मात्रै होइन देश बिदेशमा पनि उत्तिकै हुन्छ। लामिछाने खेलप्रेमिहरुका लागि रोजाईको पात्र हुन् । करोडौँ नेपाली खेल प्रेमिहरुले रुचाउने खेलाडी लामिछाने अहिले बलात्कारको मुद्धा खेपिरहेका छन् ।

उनले अहिले क्रिकेट खेल्न समेत पाएका छैनन् । तर उनको अभाप भने खेलमैदानमा नेपाली खेलप्रेमिहरुले गर्ने गर्छन् । उनका समर्थकहरुले संदीप चाहियो भन्दै नाराबाजी नै गर्छन् । यसरी दर्शकहरुको मनमा बसिसकेका लामिछानेको अनुपस्थितिले नेपाली खेलाडीहरुले खेलमा पराजित हुँदा पनि खेलप्रेमिहरु संदीपको नाम पुखार्ने गर्छन् । जसलाई बिश्वका खेलप्रेमिहरुले पनि उत्तिकै रुचाउन्छन् । उनि नेपालमा मात्रै होइन अन्य मुलुकमा पनि उत्तिकै प्रख्यात छन् । यतिमात्रै होईन उनलाई काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामादोषि ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाई सकेको छ । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि फैसला जिल्ला अदालत काठमाडौँले गरेको थियो ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । उनी विरुद्ध पुस २४ मा कैद सजाय तोकिएको थियो । यतिवेला संदीपका समर्थकहरुले जिल्ला अदालत काठमाडौँको आलोचना गरिहेका छन् ।

जिल्ला अदालत काठमाडानैँले दोषि ठहर गरिसकेका लामिछानेलाई उच्च अदालतले न्याय दिने आस उनका समर्थकहरुको छ। यसैबिच समर्थकहरुको अपेक्षा अनुसार नै लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन बोकेर बिहीबार उच्च अदालत पाटन गएका थिए । जिल्ला अदालत काठमाडालेैँको फैसला बिरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । पुनरावेदनमा लामिछानेले पीडित भनिएकी ‘गौशाला २६’ले दिएका केही बयानलाई नै आधार बनाएर आफू निर्दोष रहेको जिकिर गरेका छन् । उनले पीडित भनिने गौशाला २६ लाई करणी गर्ने उदेश्यले होटेलमा नलिएको दाबी गरेका छन् । नियत बस योजना नै बनाई गौशाला २६ लाई बिभिन्न प्रलोभन देखाएर मौकाको फाइदा उठाएको भन्ने जिल्ला अदालत काठमाडौँको फैसला अस्विकार गरेका छन् ।

गौशाला–२६ ले बकपत्रमा ‘बोजिनी रिसोर्ट नगरकोट बस्दा पटकपटक होटलको स्टाफ आई मेरो प्रतिवादीसँग भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर समेत भनेका थिए भन्ने व्यहोरा उल्लेख भएको छ’ भनेको जिकिर गर्दै सन्दीपको पुनरावेदन निवेदनमा दलिल गरिएको छ, ‘यदि प्रतिवादीको रात बस्ने योजना र नियत भएको भए पटकपटक होटलको स्टाफ आई भीआइपी रुम छ सर, बुक गर्दिउँ भनेर सोधेको प्रश्न उत्तरमा नगरकोटमा नै रुम बुक गर्थें होला ।’ त्यस कारण पनि प्रतिवादीको योजना र नियतले होइन, गौशाला–२६ कै योजना तथा आग्रहमा काठमाडौँ इन होटलको रुम बुक गरी बसेको देखिने पुनरावेदनमा जिकिर छ ।

‘एक पक्षले आरोप लगाएको छ र आरोप खेप्ने पक्षले आरोप इन्कार गर्दछ भने कुन पक्षको भनाइमा एकरुपता, सत्यता र इमानदारिता छ भन्ने कुरा सम्मानित अदालतले परीक्षण गर्नुपर्ने हुन्छ,’ सन्दीपको पुनरावेदनमा भनिएको छ, ‘सम्मानित अदालतले एकरुपता, सत्यता र इमानदारिता पक्षहरुले तथ्यको विषयमा उल्लेख गरेका अन्य कुरा एवं उपलब्ध प्रमाणको आधारमा परीक्षण गर्नुपर्ने कुरालाई प्राथमिकता नदिइ अनुमानका आधारमा गरेको फैसला पुनरावलोकन हुन आवश्यक छ ।’

सन्दीपले जिल्ला अदालतले बिना ठोस आधार कारण मागदाबी नै नरहेको विषयलाई आधार मानेर मनोगत तथा स्वेच्छा प्रयोग गरी अदालतबाट स्वविवेकीय अधिकारको गलत प्रयोग गरी गरेको निर्णय खारेज हुनुपर्ने मागसमेत गरेका छन् । ‘सँगै कोठामा जाने, प्रतिवादीको गाडीको पछाडिबाट स्न्याप भिडियो खिच्ने, सेल्फी खिचेर पठाउने, वारदात भएको भनिएको मिति पछाडि एक हप्तासम्म प्रतिवादीको नाम लेखिएको जर्सी लगाएर क्रिकेट हेर्ने, खुसीले उमङ्ग हुने, होहल्ला गर्ने, खुसी साटासाट गर्ने जस्ता आचरणले जबर्जस्ती करणी भएको पुष्टि गर्दैन,’ सन्दीपको पुनरावेदन निवेदनमा भनिएको छ, ‘करणी भएको कल्पनासमेत गर्न सकिँदैन । तसर्थ, कोठामा सँगै बस्नु भनेको बलात्कार गर्नु होइन ।’

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.