बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स आज बिहान रिब्डा खोलामा दुर्घटना भएको छ । वडा नं ३ जुकोटको रिब्डामा बिरामी लिन गएको एम्बुलेन्स आज बिहान ११ बजे दुर्घटना भएको हो । स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स जुकोट रिब्डा सडक खण्ड अन्तरगत रिब्डा खोलामा दुर्घटना भएको एम्बुलेन्स चालक कृति कटेलले जानकारी दिएका छन् ।
सुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बर पेलेटको एम्बुलेन्स सडकबाट करीब १० मिटर तल खसेको उनले वताएका छन् । एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेको चालकको भनाई छ । दुर्घटनाबाट मानविय क्षेती नभए पनि एम्बुलेन्स सामान्य रुपमा क्षतिग्रस्त रहेको र वर्षा संगै हिमपातले सडक चिप्लो भएर एम्बुलेन्स सडक नजिकको रुखमा अड्किएको कटेलले जानकारी दिएका छन् ।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै