बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स आज बिहान रिब्डा खोलामा दुर्घटना भएको छ । वडा नं ३ जुकोटको रिब्डामा बिरामी लिन गएको एम्बुलेन्स आज बिहान ११ बजे दुर्घटना भएको हो । स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स जुकोट रिब्डा सडक खण्ड अन्तरगत रिब्डा खोलामा दुर्घटना भएको एम्बुलेन्स चालक कृति कटेलले जानकारी दिएका छन् ।
सुदुरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बर पेलेटको एम्बुलेन्स सडकबाट करीब १० मिटर तल खसेको उनले वताएका छन् । एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेको चालकको भनाई छ । दुर्घटनाबाट मानविय क्षेती नभए पनि एम्बुलेन्स सामान्य रुपमा क्षतिग्रस्त रहेको र वर्षा संगै हिमपातले सडक चिप्लो भएर एम्बुलेन्स सडक नजिकको रुखमा अड्किएको कटेलले जानकारी दिएका छन् ।




सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी