काठमाडौं । नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाबारे प्रधानमन्त्रीको निष्कर्ष आइसकेपछि मात्रै निर्णय गर्ने भएको छ । बिहिबार बसेको सचिवालयको बैठकमा छलफल भएपछि ठोस निष्कर्षमा नपुगेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
तर कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिहेकाले कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
१३ पुसमा दुई युवकको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा फिल्ड कमाण्डर डीएसपी उमेश लम्साल र निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीसँगै मन्त्री ज्वालालाई समेत दोषी किटान गरिएको छ ।
मन्त्री नगएको भए घटना नहुने समितिको निष्कर्ष छ ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी