मिन बहादुर खड्का काठमाडौं : गैर आवासीय नेपाली संघले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो आधिकारिक धारण सार्वजनिक गरेको छ । ललिता निवास जग्गा प्रकरण अन्तरगत गैर आवासीय नेपाली संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र बुधबार काठमाडौं महानगरपालिकाले समेत ७ दिन भित्र भवन छोड्न सूचना जारी गरेपछि संघले पत्रकार सम्मेलनको आयोजना गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
बिहिवार गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र (आर्के)शर्माको अध्यक्षतामा पत्रकार सम्मेलन सुरु भएको थियो । पत्रकार सम्मेलनमा गैर आवासीय नेपाली संघले ४० करोड बढीको लगानीको बनेको भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने अनुरोध नेपाल सरकार संग गर्ने जानकारी गराएको छ । नेपाल सरकार मात्रै नभैई अन्य सम्बन्धित निकाय र काठमाडौं महानगरलाई पनि अनुरोध गर्ने पत्रकार सम्मेलनमा बताइएको छ । लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्राबधान अनुसार भवन उपभोग गर्न पाउनुपर्ने माग राख्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने समेत पत्रकार सम्मेलनमा जनाएको छ ।
विशेष अदालतले गरेको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना प्रती संघको गम्भीर ध्यानाकर्षण भएको पनि पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेको छ । यो संगै बद्री केशी समुहले संघ नै कब्जा गर्ने उदेश्य सहित गर्दै आएको पछिल्ला गतिविधि प्रती पनि घोर आपत्ति जनाएको छ ।
भवन निर्माणमा बिदेशमा रहेका प्रत्येक नेपाली नागरिकको रगत र पसिनाबाट बनेको गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष गंगादर न्यौपानेले बताएका छन् ।गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष र अहिले आफुलाई अध्यक्ष बताउदै आएका डाक्टर बद्री के. शीले कार्यालयमा तालाबन्दी गरेको प्रती संघको घोर आपत्ति रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
झण्डै ८० लाख बढी सदस्य रहेको गैर आवासीय नेपाली संघ नेपाल सरकार संग साझेदारी गर्ने गैर आवासीय नेपाली संघ भएपनि भित्र राजनीति रङ छर्दै व्यक्तिवादी प्रवृति हावी हुँदै गएको संघका पधातीकारीले दाबी गरेका छन् । डाक्टर बद्री केशी समुहले दादागिरी शैलीमा कार्यालयमा तालाबन्दी गरेको कुरा स्विकार्य नभएको र बिदेशमा रहेका नेपाली नागरिकको लगानीको कुल्चिएको प्रती संघका पधातिकारीले घोर आपत्ति जनाएका छन् ।
बिदेशमा श्रम गर्ने नेपाली नागरिकको रगत र पसिनाबाट बनेको भवनलाई डाक्टर बर्दी केसीको समुहले दादागिरी शैलिमा आफ्नो नियन्त्रणमा लिएर तालाबन्दी गरेको प्रती गैर आवासीय नेपाली संघको घोर आपत्ति रहेको उनको भनाई थियो ।
कार्यालयमा तलब खाएर कर्मचारी उपस्तिथ नहुने, कार्यालयमा तालाबन्दी गरी सेवा प्रवाह बन्द गरेर आफ्नै मनोमानी ढङ्गले अगाडी बढेको डाक्टर बद्री केशी समुहको निन्दनीय कार्य प्रती गैरआवासीय नेपाली संघले अब प्रतिबाद गर्ने समेत पत्रकार सम्मेलन मार्फत संघले जानकारी गराएको छ ।डाक्टर बद्री केशी समुहले कार्यालयमा लगाएको ताला माथि अर्को ताला लगाउने आफुहरुको तयारी रहेको पनि उपाध्यक्ष गंगादर न्यौपानेले पत्रकार सम्मेलनमा बताए ।
पछिल्लो समयमा भएका घटना क्रमले गैर आवासीय नेपाली संघ राजनीति खिचातानीका बीच चलिरहेको महसुस भैरहेको विभिन्न देशका जनसम्पर्क समितिका पधातिकारीले गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा यस अघिका बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गरेको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भवन कसरी जोगाउने भन्ने मात्रै समस्या बभैई अन्य धेरै समस्याहरु रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
औपचारिक रुपमा गैर आवासीय नेपाली संघ केन्द्रिय कमिटी अध्यक्ष अध्यक्ष आर्के शर्माको अध्यक्षतामा सुरु भएको पत्रकार सम्मेलन कार्यक्रममा केन्द्रिय उपाध्यक्ष द्वय गंगादर न्यौपाने,खगेन्द्र न्यौपाने, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार, नरेन्द्र भाट, दिबी क्षेत्री,अन्य पधारिकारी, जनसम्पर्क समितिका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका ११ औं महाधिवेशन सम्पन्न पश्चात् विवाद बढ्दै गएको छ । दुई समुह बीचको विवाद थप चुलिदै गएको छ । गत कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको थियो । नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले दाबी गर्दै आएको छ ।
वास्तवमा गैर आवासीय नेपालीहरुबीच राजनीतिक रुपले विभाजन हुनु वा राजनीतिक दलको प्रभावका आधारमा व्यवहार हुन आफैमा हास्यास्पद बिषय हो । तर, गैर आवासीय नेपालीहरुको छाता संगठनभन्दा मुनि रहेका अन्य विभिन्न संगठनहरु राजनैतिक आस्थाकै आधारमा बनेका कारण गैरआवासीय नेपालीहरुमा राजनैतिक दलप्रतिको आस्था हावी हुँदै गएको देखिन्छ । १० औं महाधिवेशन यता भएका घटना क्रमहरुलाई केलाउदा पनि दुई समुह बीच गैर आवासीय नेपाली संघ कसले कब्जा गर्ने भन्ने होडबाजी पनि चलेको पुष्टि हुन्छ ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा