काठमाडौं : खप्तड छेडेदह गाउँपालिकालाई नेपाल शिक्षक संघ बाजुरा खप्तड छेडेदह गाउँपालिकाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार पालिका भित्र देखिएका शिक्षा र शिक्षा सम्बन्धित विभिन्न १० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको गाउँपालिकाकी उपाध्यक्ष बिशु देवी नाथले बताएकी छन् ।
पालिका उपाध्यक्ष विसु नाथ र प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायको सहभागीतामा अध्यक्ष दिल बहादुर रावतलाई संघका अध्यक्ष लोगबहादुर बुढाले ज्ञापन पत्र बुझाएका थिए ।
शैक्षिक शत्र २०८० भित्र शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान कार्य सक्नुपर्ने, शिक्षा अधिकृतको तत्काल व्यवस्था गर्नुपर्ने, हरेक वडामा एक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास क्रमशः सबै विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्दै लैजान प्रक्रियाको सुरुवात गर्नुपर्ने र शैक्षिक सत्र २०८० मा पालिकास्तरीय एक वृहत शैक्षिक सेमिनारको आयोजना गरी शैक्षिक सत्र २०८१ लाई गुणस्तर अभिवृद्धिको बर्ष बनाउनका लागि योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने ज्ञापनपत्रमा पालिकालाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यस्तै गरी पालिका भित्र एउटा स्नातक तहसम्मको क्याम्पस सञ्चालन गर्नका लागि यसै बर्षदेखि प्रक्रिया अगाडि बढाउनुपर्ने, संघीय अनुदान शिक्षक नपुग तलव भत्ताको व्यवस्था गरिनुपर्ने, स्वयम्सेवक शिक्षकहरुको तलवमान समय सापेक्ष वृद्धि गरिनुपर्ने, स्थानीय पाठ्यक्रम निर्माण हुन बाँकी कक्षाको पाठ्यक्रम तत्काल निर्माण गरी पाठ्यपुस्तक लेखन तथा प्रकाशनको प्रक्रियालाई अविलम्ब अगाडि बढाउनुपर्ने (कक्षा १ देखि ८ सम्म), शिक्षक तालिम, गोष्ठीको आयोजना गर्र्नुपर्ने, खेलकुद प्रशिक्षक र खेल प्रशिक्षण तालिमको व्यवस्था गर्नुपर्ने र प्रत्यक बर्ष गाउँपालिका अन्तरगतका विद्यालयमा कार्यरत शिक्षकहरुलाई निश्चित मापदण्डका आधारमा तपशिल बमोजिाको पुरस्कारको व्यवस्था गरिनुपर्ने माग पालिकाको अध्यक्षलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आफ्ना मागहरुप्रति सुनुवाई नभएमा थप दवावका कार्यक्रमहरु अगाडि बढाउने संघले जनाएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यता ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक संघले राखेका मागहरू जाहेज भएको बताएका छन् । अध्यक्ष रावत सहित कार्यपालिकाको सिङ्गो टिम शिक्षक संघका माग प्रति सकारात्मक देखिएको छ । यी मागहरुले गाउँपालिका भित्रका बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै गाउँपालिका अध्यक्ष रावतले तत्काल सम्बोधनका लागि पहल चाल्ने आश्वासन शिक्षक संघको टिमलाई दिएका छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?