काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ ।
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।
सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनकाे शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ ।
पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । अदालतको फैसलाविरुद्ध सरकारी वकिलको पनि पुनरावेदन गर्ने तयारी गरेको छ।
सरकारी वकिल कार्यालयले पीडित युवती नाबालिग रहेको दावी गरेको थियो।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी