काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ ।
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।
सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनकाे शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ ।
पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । अदालतको फैसलाविरुद्ध सरकारी वकिलको पनि पुनरावेदन गर्ने तयारी गरेको छ।
सरकारी वकिल कार्यालयले पीडित युवती नाबालिग रहेको दावी गरेको थियो।



सम्वन्धित समाचार
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
राज्य व्यवस्था समितिको सभापतिमा मंगलबार मनोनयन, ११ गते निर्वाचन
सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने स्थानीय तहलाई सम्मान गर्ने
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा