काठमाडौ- कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् ।
मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,उनले भने, हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।
निर्वाचनपछि गठबन्धन गर्न सकिने तर सबै निर्वाचन क्षेत्रमा पहिले नै गठबन्धन गरेर उम्मेदवार नउठाउने प्रस्ताव थापाले ल्याएका हुन् । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्था नीति तथा कार्यक्रमका आधारमा गठबन्धन हुनसक्ने उनको प्रतिवेदनमा उल्लेख छ । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा चुनावपछाडि स्वाभाविक हुनसक्छ,थापाले भने ।
प्रतिवेदनमा थापाले गठबन्धन नगर्ने कुरा राखेपछि सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएका थिए । तर थापाको प्रतिवेदनमा वर्तमान सत्तारुढ गठबन्धनलाई भने प्रतिनिधिसभाको वर्तमान कार्यकालभर कायमै राख्नुपर्ने कुरा उल्लेख गरिएको छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य