मिन बहादुर खड्का काठमाडौं : अछामको पञ्चदेवल नगरपालिका वडा न . ५ लैटीका क्यान्सर पीडित प्रेम शाही अहिले उपचार अभावमा छटपटाईरहेका छन् ।विगत तीन महिना यता काठमाडौंको भक्तपुर क्यान्सर अस्पतालमा उपचारको अभावमा छट्पटाइरहेका हुन् ।
शाहीले आर्थिक अभावकै कारण उपचार गर्न नपाँउदा अहिले अस्पतालको बेडबाटै सहयोगको हारगुहार गरिरहेका छन् । अन्दाजी ५० वर्षका शाही भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए। शाहीको दिन गुजारा गर्ने माध्यम नै भारतको ज्याला मजदुरी थियो ।
भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका शाही स्वास्थ्यमा समस्या देखिएपछि घर फर्किए । घर फर्किएपछि उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गयो । त्यसपछि उपचारका लागी स्वास्थ्य सस्था सम्म पुगे । गाउँमा उपचार सम्भव नभएपछि लगत्तै शाहीलाई गत असारमा उपचारका लागि आफन्तले चितवन क्यान्सर अस्पतालमा ल्याँए । त्यहाँ पुर्याइसकेपछि उनलाई जाँच गर्दा क्यान्सर पुष्टि भएको उनका आफन्त भतिज नाता पर्ने सुरत शाहीले बताएका छन् । त्यसपछि शाही बिचमा घर समेत गएका थिए।
चितवन क्यान्सर अस्पतालमा झण्डै उनलाई ४ महिना सम्म राखिएको थियो । त्यसपछि त्यहाँबाट दुई महिना अगाडी भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको थियोे । अहिले उनलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आएको पनि झण्डै तीन महिना पुग्न थालेको छ ।
क्यान्सर पीडित शाहीले भन्छन् “पैसा छैन, परिवारको बिचल्ली छ, म मृत्यु संग लडिरहेको छु, पैसा भएपछि बाँच्छु की भन्ने आस छ, सबैले सहयोग गर्दिनुहोला, तपाइँहरुको सानो सहयोगको मलाई खाँचो छ छोराछोरी कसरी पाल्ने भएका सबै पैसा यतै खर्च भैसके”
बिहान बेलुका छाक तार्नै मुस्किल छ घरमा, न घर खर्च चलाउन समेत पैसा छैन उपचार त टाढाको कुरा हो, भारत गएर ज्याला मजदुरी गरेर परिवार पाल्ने मान्छे हु,शाहीले थपे ” शाहीका चार वर्षका एक छोरा छन् उनका दुई वटी श्रीमतीबाट तीन छोरी छन् ।
आर्थिक अभावकै कारणले उपचारमा समस्या भएको बिरामीमा आफन्त सुरत शाहीले बताएका छन् । उनले भने, “परिवारको अवस्था पनि नाजुक छ, उपचार गर्दा गर्दा पाँच लाख बढी खर्च भैसकेको छ, अहिले दैनिक ४/५ हजार खर्च भैइरहेको छ, अहिले सहयोग संकलन गरिरहेका छौँ, कहाँबाट व्यवस्था गर्ने, समस्या भयो,पैसाको व्यवस्था भएको भए उहाँ बाच्नु हुन्थ्यो” आर्थिक अभावकै कारण उपचारनपाई अस्पताल शैयामा छटपटाइरहेका शाही जीवन र मरणको दोसाँधमा छन् ।
उनी अहिले मृत्यु संग लडिरहेका छन् । आर्थिक अभावकै कारण जीवन मरणको दोसाँधमा रहेका शाहीले आफ्नो उपचारका लागी अस्पतालको शैयाबाटै हारगुहार गरिरहेका छन् । यता उनका आफन्तहरुले पनि सहयोग संकलन गरिरहेका छन् । उनिहरुले विभिन्न सहयोगी निकाय सामाजिक अभियान्ता लगायतलाई भेटेर समस्या सुनाउनुका साथै उपचारका लागि हारगुहार गरिरहेका छन् ।
अहिले उनको उपचारमा पाँच लाख जति खर्च भैसकेको र दैनिक ४/५ हजार खर्च अहिले भैरहेको बिरामीका आफन्त जनक बुढाले बताए। उनका अनुसार एकिन अहिले नै अस्पतालले यति लाग्छ भनेर नभनेपनि झन्डै २० लाख बढी खर्च लाग्न सक्ने अनुमान छ । अहिले सहयोग अभियान नै सञ्चालन गरेर उपचार खर्च संकलन गरिरहेको उनको भनाई छ । सहयोग गर्न चाहानेहरुले आफ्न्तको सम्पर्क नम्बर ९८०३६८३६६८, र ९८४७२९६८९६ मा सम्पर्क गरि सक्दो सहयोगका लागि समेत आफन्तले अपिल गरेका छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?