काठमाडौं: कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रलाई एजेण्डा बनाउन दबाब दिने तयारी भइरहेको खुलेको छ।
नेपाली कांग्रेसका केही नेताहरुले ७ फागुनमा ललितपुरको गोदावरीमा सुरु हुने पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्रको विषयमा छलफल गर्न दबाब दिने बताएका छन् ।
सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा गर्दै उनीहरुले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा प्रवेश गराउने तयारी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित घोषणासभामा महाअभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि सकारात्मक रुपमा हेरेको बताए ।पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको विषय एजेण्डाको रुपमा आत्मसाथ गरेर अन्य राजनीतिक दल र आम समुदायसँग छलफल अगाडि बढाउने आशा गरेको पनि उनको भनाइ छ ।
अभियानका सदस्य कांग्रेस नेता देवेन्द्रराज कँडेलले हिन्दुराष्ट्र कायम गर्नका लागि पहिले कांग्रेसले निर्णय गर्नुपर्ने बताए । त्यसका लागि महासमिति बैठकको समयमा हलबाहिर अभियानका सदस्यहरुले धर्ना दिने उनले बताए ।‘हलबाहिर ब्यानरसहित तपाईंहरुले उर्जा दिने कि नदिने रु बाहिरको उर्जाले हामी भित्र तताउछौं, राष्ट्रलाई हिन्दुराष्ट्रमा फर्काएर देखाउँछौं’, उनले भने ।
कांग्रेसले हिन्दुराष्ट्रलाई एजेण्डाको रुपमा स्वीकार गरेपछि अरु दल र सरकारलाई भन्न सकिने र संविधान संशोधनसम्म जान सकिने बताए । ‘पहिले आफ्नो जग, आफ्नो घर बलियो बनाऔं । हिम्मत राख्नुस् सबै जना, धर्नामा बसौं’, उनले भने ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’