काठमाडौँ : प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् । ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो। छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’
उनले बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको पनि बताए । उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए । यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य