काठमाडौँ : प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् । ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो। छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’
उनले बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको पनि बताए । उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए । यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी