बाजुरा : स्वामिकार्तिक खापर गाँउपालिकाले गाउँसभाबाट ६ वटा कार्यविधि पारित गरेको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ औँ हिउँदे अधिवेशनबाट ६ ओटा कार्यविधि पारित गरेको हो । गाउँ सभाले यस अघि गाउँपालिकाले बन्द गरेको मदिरा नियन्त्रण कार्यविधि संसोधन सहित खुला गर्ने मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि सहित ६ ओटा कार्यविधि पास गरेको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन् ।
त्यसै गरी गाउँपालिका भित्रका सार्वजनिक जग्गा प्राप्त गर्न जग्गाको मूल्य तथा मुआब्जा निर्धारण कार्यविधि २०८०, यौनजन्य दुब्र्यवहार निवारण आचार सहिता विधेयक २०८०, स्वरोजगार कार्यविधि २०८०, समुदायिक अध्ययन केन्द्र संचालन कार्यविधि २०८०, उर्जा योजना कार्यविधि २०८० पारित भएको अध्यक्ष रोकायाले बताएका छन् ।
त्यस्तै गाउँसभाले गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधनप्रति शोक पारित गरेको जनाएको छ । गाउँपालिकाले पछिल्लो सभामा पारित गर्ने गरी बालविवाह न्युनिकरण तथा रोकथाम कार्यविधि र परम्परागत रुपमा हुने विवाह कार्यविधि ल्याउने तयारीका साथ छलफल गरिएकोे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ मा २ लाख १ हजार ६ सय ६५ रुपैयाँ करबाट आम्दानी गरेको जनाएको ५ । त्यस्तै यस बर्षको कुल बजेटको अहिलेसम्म २७ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै