बाजुरा : स्वामिकार्तिक खापर गाँउपालिकाले गाउँसभाबाट ६ वटा कार्यविधि पारित गरेको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ औँ हिउँदे अधिवेशनबाट ६ ओटा कार्यविधि पारित गरेको हो । गाउँ सभाले यस अघि गाउँपालिकाले बन्द गरेको मदिरा नियन्त्रण कार्यविधि संसोधन सहित खुला गर्ने मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि सहित ६ ओटा कार्यविधि पास गरेको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन् ।
त्यसै गरी गाउँपालिका भित्रका सार्वजनिक जग्गा प्राप्त गर्न जग्गाको मूल्य तथा मुआब्जा निर्धारण कार्यविधि २०८०, यौनजन्य दुब्र्यवहार निवारण आचार सहिता विधेयक २०८०, स्वरोजगार कार्यविधि २०८०, समुदायिक अध्ययन केन्द्र संचालन कार्यविधि २०८०, उर्जा योजना कार्यविधि २०८० पारित भएको अध्यक्ष रोकायाले बताएका छन् ।
त्यस्तै गाउँसभाले गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधनप्रति शोक पारित गरेको जनाएको छ । गाउँपालिकाले पछिल्लो सभामा पारित गर्ने गरी बालविवाह न्युनिकरण तथा रोकथाम कार्यविधि र परम्परागत रुपमा हुने विवाह कार्यविधि ल्याउने तयारीका साथ छलफल गरिएकोे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ मा २ लाख १ हजार ६ सय ६५ रुपैयाँ करबाट आम्दानी गरेको जनाएको ५ । त्यस्तै यस बर्षको कुल बजेटको अहिलेसम्म २७ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी