काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने हुनुभएको छ । जनमत पार्टीले सरकार दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।
गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमतका दुई मन्त्रीले राजीनामा दिएका थिए । सरकारबाट जनमत पार्टीको बहिगर्मनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र अर्थात फागुन ८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।
मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी भोलि दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिएको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाएका छन् ।
१०७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?